धितोपत्र बजार पुँजीकरण २४.७ प्रतिशतले वृद्धि

<p>काठमाडौं । पछिल्लाे एक वर्षमा धितोपत्र बजार पुँजीकरण २४.७ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७६/७७ को आर्थिक सर्वेक्षण प्रतिवेदन सार्वजनिक गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले २०७५ फागुन मसान्तको तुलनामा २०७६ फागुन मसान्तमा धितोपत्र बजार पुँजीकरणमा सो मात्राले वृद्धि भएको जनाएका हुन् । उनका अनुसार गत फागुन मसान्तसम्ममा धितोपत्र बजार पुँजीकरण १७ खर्ब ६० [&hellip;]</p>

काठमाडौं । पछिल्लाे एक वर्षमा धितोपत्र बजार पुँजीकरण २४.७ प्रतिशतले वृद्धि भएको छ ।

आर्थिक वर्ष २०७६/७७ को आर्थिक सर्वेक्षण प्रतिवेदन सार्वजनिक गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले २०७५ फागुन मसान्तको तुलनामा २०७६ फागुन मसान्तमा धितोपत्र बजार पुँजीकरणमा सो मात्राले वृद्धि भएको जनाएका हुन् ।

उनका अनुसार गत फागुन मसान्तसम्ममा धितोपत्र बजार पुँजीकरण १७ खर्ब ६० अर्ब ९३ करोड रुपैयाँ पुगेको छ ।

त्यस्तै, सो अवधिसम्ममा नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा २ सय १२ वटा कम्पनीहरु सूचीकृत भएका छन् ।

Share News