खुकुरी दाग्ने एउटा रहर 

<p>एउटा रहर जागेको छ खुकुरी नचाउने । मागे नि नमागे नि रगतको खोलो बगाउने एउटा रहर जागेको छ । एउटा रहर जागेको छ, विस्तारवादी गर्दन छिनाल्ने । धार भए नि नभए नि खुकुरी दाग्ने एउटा रहर जागेको छ ।। एउटा रहर जागेको छ कालापानीको प्यास बुजाउने । रगत बगे नि नबगे नि सिमाना रगतले कोर्ने [&hellip;]</p>

लेखक

एउटा रहर जागेको छ
खुकुरी नचाउने ।
मागे नि नमागे नि
रगतको खोलो बगाउने
एउटा रहर जागेको छ ।

एउटा रहर जागेको छ,
विस्तारवादी गर्दन छिनाल्ने ।
धार भए नि नभए नि
खुकुरी दाग्ने
एउटा रहर जागेको छ ।।

एउटा रहर जागेको छ
कालापानीको प्यास बुजाउने ।
रगत बगे नि नबगे नि
सिमाना रगतले कोर्ने
एउटा रहर जागेको छ ।।

एउटा रहर जागेको छ
संघर्षको गीत गाउने ।
परिवर्तनको लागि
स्वतन्त्रताको गीत रच्ने
एउटा रहर जागेको छ ।।

एउटा रहर जागेको छ
मातृभूमि जोगाउने ।
जन्मभूमिको लागी
स्वतन्त्रता संग्राम शुरु गर्ने
एउटा रहर जागेको छ ।।

Share News