गजलः यसो गर्नुपर्छ अब

<p>चौतर्फी सिमानामा, बार लाउनु पर्छ अब सके पर्खाल नत्र काँडे, तार लाउनु पर्छ अब उठाउनु पर्छ मुद्दा, अन्तर्राष्ट्रिय अदालत मै विवादलाई बार्ताबाटै, पार लाउनु पर्छ अब शान्तिपूर्ण बार्ता गर्न, छिमेकीले नमाने मा सिरुपाते खुकुरीमा, धार लाउनु पर्छ अब स्वरोजगार बन्नु पर्छ, कृषि क्रान्ती ल्याउनु पर्छ पाखा पखेरोमा अदुवा, बेसार लाउनु पर्छ अब तराई हाम्रो भण्डार [&hellip;]</p>

चौतर्फी सिमानामा, बार लाउनु पर्छ अब
सके पर्खाल नत्र काँडे, तार लाउनु पर्छ अब

उठाउनु पर्छ मुद्दा, अन्तर्राष्ट्रिय अदालत मै
विवादलाई बार्ताबाटै, पार लाउनु पर्छ अब

शान्तिपूर्ण बार्ता गर्न, छिमेकीले नमाने मा
सिरुपाते खुकुरीमा, धार लाउनु पर्छ अब

स्वरोजगार बन्नु पर्छ, कृषि क्रान्ती ल्याउनु पर्छ
पाखा पखेरोमा अदुवा, बेसार लाउनु पर्छ अब

तराई हाम्रो भण्डार हो, अन्न फलफूल तरकारी को
पहाडमा स्याउ सुन्तला, जुनार लाउनु पर्छ अब
पहाडमा स्याउ सुन्तला, जुनार लाउनु पर्छ अब ।।

बिराटनगर–३

Share News