दयाहाङ राई जोडिए क्रिएशन र कोका-कोलाको जारी राहत वितरण पहलमा

<p>काठमाडौं । क्रिएशन नेपालले द कोका-कोला फाउन्डेशनको साथमा सफाईकर्मी समुदायका लागि तेस्रो साताको राहत वितरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा अभिनेता तथा क्रिएशनका सद्भावना दूत दयाहाङ राई र ललितपुर क्षेत्रमा ललितपुर नगरपालिकाका मेयर चिरी बाबु महर्जनको उपस्थीति रहेको थियो । यो राहत वितरण कार्यक्रम क्रिएशन र द कोका—कोला फाउन्डेशनको संयुक्त पहलमा ३२०० जना सफाईकर्मीहरुलाई [&hellip;]</p>

काठमाडौं । क्रिएशन नेपालले द कोका-कोला फाउन्डेशनको साथमा सफाईकर्मी समुदायका लागि तेस्रो साताको राहत वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा अभिनेता तथा क्रिएशनका सद्भावना दूत दयाहाङ राई र ललितपुर क्षेत्रमा ललितपुर नगरपालिकाका मेयर चिरी बाबु महर्जनको उपस्थीति रहेको थियो । यो राहत वितरण कार्यक्रम क्रिएशन र द कोका—कोला फाउन्डेशनको संयुक्त पहलमा ३२०० जना सफाईकर्मीहरुलाई सहयोग गर्ने लक्ष्यका साथ जारी सफाईकर्मी इमर्जेन्सी रिलिफ प्रोजेक्टको एक हिस्सा हो ।

उक्त टोलीले यस साताको चार दिनको वितरण अवधिमा २८७ सफाईकर्मी माँझ पुगी लाभान्वितहरुलाई गुणस्तरिय राशन प्याकेजहरु, औषधी, जागरुकता सामग्री र ग्लभ्स, बुट, पीपीई समावेश गरिएको रक्षात्मक सामग्री प्रदान गरेका थिए । यसका साथै चिकित्स परामर्श र सामान्य स्वाच्छता जागरुकता पनि प्रदान गरिएको थियो । राहत वितरण कार्यक्रमहरु टेकु, सानेपा, कोटेश्वर, बालकुमारी, सतुंगल, भैंसीपाटी लगायत काठमाडौं र ललितपुरका विभिन्न स्थानहरुमा पार्टनरहरु रिसाइकलर्स साथी र हिमालयन क्लाइमेट इनिसियटिभको सहयोगमा आयोजना गरिएको थियो ।

सफाईकर्मी इमर्जेन्सी रिलिफ प्रोजेक्ट औपचारिक रुपमा जेठ २ गतेबाट शुरु भएको हो र हालसम्म १५ वटा राहत कार्यक्रम सम्पन्न गरि १४ सय भन्दा बढि सफाईकर्मीहरु लाभान्वित भइसकेका छन् । यस अवधिमा एक परिवारका ५ सदस्यलाई एक महिनासम्म पुग्ने राशन प्याकेजहरु वितरण गरिएको थियो जहाँ ७ हजार १ सय भन्दा बढि लाभान्वित भइसकेका छन् । यसका साथै ४ सय ५० वटा रक्षात्मक सामग्री वितरण गर्नुका साथैं जागरुकता कार्यक्रम र चिकित्सा परामर्श पनि प्रदान गरिएको थियो ।

 

 

Share News