
काठमाडौं । टीभीएसले ‘सुरक्षित यात्राको सुरक्षित सहयात्री’ नामक बिक्री योजना सुरु गरेको छ । लकडाउको अवधिमा सार्वजनिक सवारी नचल्ने भन्दै टीभीएसको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले याे नयाँ बिक्री योजना सुरु गरेको हाे ।
यस योजनाअन्तर्गत ग्राहकले ‘शून्य प्रतिशत ब्याजदर’ वा ‘शून्य प्रतिशत डाउनपेमेन्ट’ वा ‘स्कुटरमा १० हजार र मोटरसाइकलमा १२ हजार रुपैयाँ नगद छुट’ वा ‘अहिले किन्नुहोस् र पछि सरल मासिक भुक्तानी’ मध्येकाे एक सुविधा उपयाेग गर्न पाउनेछन् ।
ग्राहकले अनलाइनमार्फत् पनि टीभीएस मोटरसाइकल तथा स्कुटर खरिदको लागि अर्डर गर्न सक्ने र कम्पनिले होम डेलिभरीको सुविधासमेत प्रदान गर्नेछ ।