सुन ताेलाकाे ५ सय रुपैयाँले घट्यो

<p>काठमाडौं । शुक्रबार सुनको भाउ तोलामा पाँच सय रुपैयाँले घटेको छ । बिहिबारकाे तुलनामा सुनकाे भाउ तोलामा पाँच सय रुपैयाँले घटेको हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारकाे लागि छापावाल सुन प्रतितोला ९० हजार ५ सय कायम गरेको छ । बिहीबार तोलाको ९१ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीकाे भाउ बिहिबारकाे तुलनामा १० रुपैंयाले घटेकाे [&hellip;]</p>

काठमाडौं । शुक्रबार सुनको भाउ तोलामा पाँच सय रुपैयाँले घटेको छ । बिहिबारकाे तुलनामा सुनकाे भाउ तोलामा पाँच सय रुपैयाँले घटेको हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारकाे लागि छापावाल सुन प्रतितोला ९० हजार ५ सय कायम गरेको छ । बिहीबार तोलाको ९१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदीकाे भाउ बिहिबारकाे तुलनामा १० रुपैंयाले घटेकाे छ । बिहीबार तोलाको ९५० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ शुक्रबारका लागि ९४० रुपैयाँ तोकिएको छ ।

यस्तै तेजाबी सुनको भाउ पनि तोलामा ५ सय रुपैयाँले नै घटेको छ । शुक्रबारका लागि तेजाबी सुनको भाउ तोलाको ९० हजार ६५ तोकिएको छ । बिहीबार तोलाको ९० हजार ५ सय ६५ रुपैयाँ तोकिएको थियो ।

 

Share News