मेरो सरकार देश विकास गर्छु भन्छ
आर्थिक क्रान्ति गर्छु भन्छ
हरेक चोटि आउछ
जनताको घर दैलोमा
र सपनाँंग भोट साट्दै
सुनिश्चि गर्छ……सिंहदरबारको अखडा
कृषकलाई मल दिन्छु भन्छ
वेरोजगारीलाई जागिर दिन्छु भन्छ
शहरका मान्छेलाई घर भाडा छुट भन्छ
गाउका मान्छे, मान्छेनै होइन भन्छ
उत्पदन बढाउने कुरा गर्छ
तर गाडी, लुगा, धान, मकै
जौ, कोदो……
नुनदेखि सुनसम्म
हल्लादेखि सल्लाहसम्म
कि उत्तर कि दक्षिणबाट
आयात गर्छ
आर्थिक क्रान्ति गर्छु भन्छ
उ कहिल्यै सार्वजनिक बस चडदैन्
कहिल्यै ग्यास, पेटेलपम्पको लाईनमा बस्दैन
कहिल्यै जनता भएर बाच्दैन
उसलाई सोझा जनता ठग्न पाए पुगो
उ वर्षमा एक दिन टोपी लगाएर
रास्ट्रियताको कुरा गर्छ
ट्वीटमा फोटो हाल्छ
एउटा चाउचाउ बाडेर
राहतको कुरा गर्छ
फेसबुकमा फोटो हाल्छ,
अनि………
गमलामा धान रोपेर मनाउछ धान दिवस मनाउँछ
यूट्वमा भिडियो पोष्ट गर्छ
फगत यस्तै छ
मैले सोचि सोचि ध्यान दिएर
जिताएको देश विकास गर्ने
आर्थिक क्रान्तिको सरकार
आर्थिक क्रान्ति…. आर्थिक क्रान्ति ….हावा… क्रान्ति