
काठमाडाैं । विश्वब्यापी महामारीबाट बच्न अबलब्न गरिने सबै सोसल डिस्टेन्सिगका प्रोटकलहरुको पूर्ण पालना गर्दै पवन स्विट्ले लकडाउन पछि आफ्नो सेवा पुनः संचालनमा ल्याएको छ । सफा, शान्त र पारिवारीक वातावरणमा संचालित यस मिष्ठान भण्डारमा कोभिड-१९ विरुद्धको सम्पूर्ण सजगता अपानाईएको संचालकहरुले बताएका छन् ।
सबै कर्मचारीहरुले हातमा पन्जा, मुखमा माक्स र फेस सिल्ड लगाएरै काम गर्ने गरेका छन् । खाना उत्पादन गर्दा देखि ग्राहकहरुलाई पस्किदासम्मको सम्पूर्ण क्षणहरुलाई उच्च सतर्कताका साथ सम्पन्न गरिएको छ । वातावरण प्रदुषण प्रति सदैब सचेत यस मिष्ठान भण्डारमा सबै सामानहरु बायो डिग्रेडबल जस्तै केराको पात, टपरी तथा पेपरका सामानहरु प्रयोग गरिने गरेको छ।
हाल घरै बसेर यस मिष्ठान भण्डारबाट स्वदेशी तथा ईन्डिएन कुजिनका खानाहरु फुडमान्डुबाट अर्डर गर्ने सुविधा पनि रेहेको छ। गर्मी सिजनमा आत सितल बनाउने नेपालकै पहिलो फ्रुट स्टफ कुल्फी पनि पाईने गरेको छ । कुनै पनि अबसरहरुलाई थप स्वादिस्ट बनाउने पेडा, रवडी, लड्डु, काजु , बर्फी, ईम्युनिटी बुस्टर लड्डु लगाएत सम्पूर्ण मिठाईहरु यहाँ पाईन्छ।
घरै बसेर सोसल मिडिया जस्तै फेसबुक र इन्स्टग्रामबाट पनि अर्डर गर्न सकिने संचालकले जानकारी गराएका छन् ।