चार मुक्तकः भ्रष्टहरु कै मनोमानी

<p>१. केही दिनदेखि अविरल झरी छ पानी छ । अभावसँगै विपत्तिले धरापमा जिन्दगानी छ ।। लुट्न पल्केका हरुका लागि त सधै उस्तै हो देख्छु देशमा भ्रष्टहरु कै मनोमानी छ ।। २. बाढी पहिरोसँगै कयौँ सपना बग्यो आज प्रकृति नै निर्मम बन्यो के के लग्यो आज ।। चाहिँदा काम नदिने छाता–नाता उस्तै लाग्छ आश देखाइ आफन्तैले [&hellip;]</p>

१.

केही दिनदेखि अविरल झरी छ पानी छ ।
अभावसँगै विपत्तिले धरापमा जिन्दगानी छ ।।
लुट्न पल्केका हरुका लागि त सधै उस्तै हो
देख्छु देशमा भ्रष्टहरु कै मनोमानी छ ।।

२.

बाढी पहिरोसँगै कयौँ सपना बग्यो आज
प्रकृति नै निर्मम बन्यो के के लग्यो आज ।।
चाहिँदा काम नदिने छाता–नाता उस्तै लाग्छ
आश देखाइ आफन्तैले पुनः ठग्यो आज ।।

३.

जथाभावी बाटो खन्यौ अनि भासिएँ म
सर्वेसर्वा म हुँ भन्यौ अनि भासिएँ म ।।
सदुपयोग होइन चरम दोहन भएपछि
रक्षक नै भक्षक बन्यौ अनि भासिएँ म ।।

४.

सह्यो प्रकृतिले अत्ति भएपछि यो उग्र भो
विवेक गुमाइ जनले मास्दै गएपछि यो उग्र भो ।।
अन्योन्याश्रित सम्बन्ध यो विर्सिएर फेरि
स्वार्थ पूरा गर्नतिर लएपछि यो उग्र भो ।।

[email protected]

Share News