अनाधिकृत मोबाइल फोनको किनबेच नगर्न संघको आग्रह, गरेकाे पाइएमा कानूनी कारवाही हुने

<p>काठमाडौं । मोबाइल फोन इम्पोर्टर्स एशोशिएसन (एमपीआईए) र नेपाल मोबाइल वितरक संघले अनाधिकृत मोबाइल फोनको किनबेच नगर्न आग्रह गरेको छ । दुुवै व्यवसायिक संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै मोबाइल फोन इम्पोर्टर्स एशोशिएसनका सदस्यहरुसंग आबद्ध सबै बिक्रेताहरुलाई अनाधिकृत तथा अवैध(इलिगल) मोबाइल फोनको खरीद बिक्री नगर्न नगराउन अनुरोध गरेका हुन् । साउन १ गते पश्चात कुनै बिक्रेताबाट [&hellip;]</p>

काठमाडौं । मोबाइल फोन इम्पोर्टर्स एशोशिएसन (एमपीआईए) र नेपाल मोबाइल वितरक संघले अनाधिकृत मोबाइल फोनको किनबेच नगर्न आग्रह गरेको छ । दुुवै व्यवसायिक संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै मोबाइल फोन इम्पोर्टर्स एशोशिएसनका सदस्यहरुसंग आबद्ध सबै बिक्रेताहरुलाई अनाधिकृत तथा अवैध(इलिगल) मोबाइल फोनको खरीद बिक्री नगर्न नगराउन अनुरोध गरेका हुन् ।

साउन १ गते पश्चात कुनै बिक्रेताबाट अनाधिकृत मोबाइल फोनको खरिद/बिक्री गरेको प्रमाण पाईएमा एक पटकका लागि अवैध कारोवार गर्ने/गराउने बिक्रेतालाई आफ्नो दायित्व प्रति सचेत गराइने दुवै संगठनले जनाएका छन् ।

उक्त मितिपछि दोस्रो पटक पनि कुनै बिक्रेताबाट अनाधिकृत/अवैध मोबाइल फोनका खरिद/बिक्री गरेको प्रमाण पाईएमा यस्ता फर्म/बिक्रेतासंग यस मोबाइल फोन इम्पोर्टर्स एशोशिएसनका कुनै पनि सदस्यले कारोवार वा व्यापारिक सम्बन्ध राख्न असमर्थ रहने विज्ञप्तिमा जनाइएको छ ।

साथै, यस एशोशिएसनद्वारा जारी गरिने कालो सुचिमा समावेश गर्न सिफारीस गरिने छ । कालो सुचिमा सूचीकृत फर्म/बिक्रेतासंग यस एशोशिएसनका कुनै पनि सदस्यले आफू अथवा क्षेत्रीय बितरक वा अरु कुनै माध्यमबाट कारोवार गर्ने छैन ।

उक्त कार्य गरेको पाइएमा सम्बन्धित सरकारी नियमक निकायलाई आवश्यक कानूनी कारवाहीका लागि सूचित गराइने संगठनले जनाएको छ ।

Share News