भदौ १ गतेदेखि हवाई उडान खोल्ने सरकारको निर्णय

<p>काठमाडौं । सरकारले भदौ १ गतेदेखि हवाइ उडान खोल्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले आगामी भदौ १ गतेदेखि आन्तरिक र बाह्य सबै व्यवसायिक उडान खोल्ने बताइएकाे छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले यस भन्दा अगाडि साउन २१ गतेदेखि आन्तरिक र भदाै १ गतेदेखि बाह्य हवाई सेवा सञ्चालन गर्न सिफारिस गरेकाे [&hellip;]</p>

काठमाडौं । सरकारले भदौ १ गतेदेखि हवाइ उडान खोल्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले आगामी भदौ १ गतेदेखि आन्तरिक र बाह्य सबै व्यवसायिक उडान खोल्ने बताइएकाे छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले यस भन्दा अगाडि साउन २१ गतेदेखि आन्तरिक र भदाै १ गतेदेखि बाह्य हवाई सेवा सञ्चालन गर्न सिफारिस गरेकाे थियाे ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि लकडाउनको समयमा आन्तरिक र बाह्य दुवै उडान उडान बन्द गरिएको थियो।

Share News