दराज र ईसेवाले ल्यायो मात्र १ रुपैयाँमा आईफोन एसई जित्ने मौका

<p>काठमाडाैं । अनलाईन किनमेल सेवा  प्रदायक  दराज र अनलाइन भुक्तानी सेवा प्रदायक ईसेवाले मात्र १ रुपैयाँमा नयाँ आईफोन एसई जित्न सकिने अफर लिएर आएकाे छ । यसमा भाग लिनको लागि ग्राहकहरूले दराजमा प्रोमोकोड लगाई आईफोन एसई केवल १ रुपैयाँ मा ईसेवा बाट भुक्तानी गरी अर्डर गर्नुपर्ने छ । याे अफर साउन ७ देखि १२ सम्म उपलब्ध हुने [&hellip;]</p>

काठमाडाैं । अनलाईन किनमेल सेवा  प्रदायक  दराज र अनलाइन भुक्तानी सेवा प्रदायक ईसेवाले मात्र १ रुपैयाँमा नयाँ आईफोन एसई जित्न सकिने अफर लिएर आएकाे छ ।

यसमा भाग लिनको लागि ग्राहकहरूले दराजमा प्रोमोकोड लगाई आईफोन एसई केवल १ रुपैयाँ मा ईसेवा बाट भुक्तानी गरी अर्डर गर्नुपर्ने छ । याे अफर साउन ७ देखि १२ सम्म उपलब्ध हुने दराजले जनाएकाे छ ।

विजेताको घोषणा साउन १६ मा दराज एप र दराज नेपालको फेसबुक पेज मार्फत गरिने र विजेता घोषित भएपछि सबै सहभागीहरूले आफ्नो ईसेवा खातामा १ रुपैयाँ फिर्ता पाउने दराजले जनाएकाे छ ।

यसका साथै ग्राहकहरुले साउन १२ देखि १९ सम्म चल्ने दराज महाबचात बजार अभियान अन्तर्गत दराजमा कुनै पनि समानको रकम ईसेव मार्फत पैसा तिर्दा २० प्रतिशत (१ हजार रुपैयाँ सम्म) को छूट पाउनेछन्।

दराज प्रबन्ध निर्देशक लिनो अलरिंगले भन्छन्, ‘गत महिना दराजमा ईसेवा उपलब्ध गराउनु एक निर्णायक क्षण थियो। यस सहकार्य मार्फत ग्राहकहरुकोलागि भनि यस्ता अन्य अवसरहरू पनि उपलब्ध गर्ने मौका हामीले पाएका छौँ जसले अनलाईन किनमेललाई एक रोचक विकल्प को रुपमा विकास गर्ने छ।’

यस वान रुपी गेम अन्तर्गत ग्राहकहरुले अरू धेरै पुरस्कारहरू जस्तै सोनी एक्शन क्याम, होमग्लोरी भ्याकुम क्लीनर, र सीजी एयर कूलर पनि जित्न सक्ने दराजले जनाएकाे छ ।

 

Share News