प्राइम लाइफ इन्स्योरेन्सको खुद बीमा शुल्क तीन अर्ब नाघ्याे, यस्ता छन् अन्य सूचक

<p>काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ३ अर्ब २६ करोड २५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.७८ प्रतिशत अर्थात ३९ करोड ५१ लाख ९५ हजार रुपैयाँ बढी हो । कम्पनीले आर्थिक वर्षको २०७५/७६को असार मसान्तसम्ममा २ अर्ब ८६ [&hellip;]</p>

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ३ अर्ब २६ करोड २५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.७८ प्रतिशत अर्थात ३९ करोड ५१ लाख ९५ हजार रुपैयाँ बढी हो ।

कम्पनीले आर्थिक वर्षको २०७५/७६को असार मसान्तसम्ममा २ अर्ब ८६ करोड ७४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

खुद दाबी भुक्तानी पनि अघिल्लो वर्षको भन्दा बढेर ६५ करोड ३२ लाख रुपैयाँ भएको छ । जुन अघिल्लो वर्षमा ३९ करोड ६८ लाख ७० हजार रुपैयाँ रहेको थियो ।

कम्पनीले सार्वजनिक गरेको गत आवको लेखा परीक्षण नभएको असार मसान्तको कम्पनीको वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा घटेर २९ करोड ८५ लाख ६४ हजार रुपैयाँ कायम भएको छ । जुन अघिल्लो आवमा ३१ करोड ३० लाख ९७ हजार रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा कम्पनीको व्यवस्थापन खर्च ५ करोड ३२ लाख २९ हजार रुपैयाँबाट बढेर ५ करोड ९३ लाख ३७ हजार रुपैयाँ पुगेको छ ।

चुक्ता पुँजी २ अर्ब २५ करोड रुपैयाँ भएको यस कम्पनीको बीमा कोष ११ अर्ब ४७ करोड छ भने जगेडा कोषमा ८८ करोड ९८ लाख रुपैयाँ र महाविपत्ती कोषमा करिब १४ करोड रुपैयाँ रहेको छ ।

Share News