काठमाडौ । एभरेष्ट इन्स्योरेन्स कम्पनीले १५ करोड ३० लाख २९ हजार रुपैयाँ नाफा वृद्धि गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७६/०७७ को असार मसान्त सम्ममा आर्थिक वर्ष २०७५/७६ को तुलनामा साे नाफा वृद्दि गरेकाे हाे ।
कम्पनीले गत आर्थिक वर्षकाे अन्त्यसम्म १९ करोड ३१ लाख ३९ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७५/०७६ को असार मसान्तमा भने कम्पनीले ४ करोड १ लाख १० हजार रुपैयाँ आर्जन गरेको थियो ।
यस्तै, गत आर्थिक वर्ष २०७६/०७७ मा कम्पनीको आम्दानी ३३ करोड ३० लाख ७९ हजार रहेको छ। कम्पनीले सोही समयमा १३ करोड ९९ लाख ४० हजार रुपैयाँ खर्च गरेको छ ।
यस्तै, आर्थिक वर्ष २०७५/७६ को असार मसान्तमा कम्पनीलकाे आम्दानी ८ करोड १३ लाख ९४ हजार रुपैयाँ रहेको थियो । कम्पनीले उक्त समयमा ४ करोड १२ लाख ८४ हजार रुपैयाँ खर्च गरेको थियाे।
गत आर्थिक वर्षको असार मसान्तसम्म कम्पनीले ४० करोड ८५ लाख ९५ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । यस्तै, अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा कम्पनीले ३८ करोड ९२ लाख ४७ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो ।
एभरेष्ट इन्स्योरेन्स कम्पनीको चुक्ता पूँजी १ अर्ब ९ करोड ५९ लाख ३० हजार रुपैयाँ रहेको छ । यस्तै, जगेडा कोषमा कम्पनीको २७ करोड ४५ लाख ७४ हजार रुपैयाँ रहेको छ भने बीमा कोषमा ३२ करोड ६७ लाख ४४ हजार रुपैयाँ रहेको छ ।