लिदीमा पहिरो अपडेट: चार जनाको शव भेटियो, ३८ जना बेपत्ता (तस्वीरसहित)

<p>काठमाडाैं । सिन्धुपालचोकको जुगल गाउँपालिका-२ लिदीमा शुक्रबार बिहान गएको पहिरोमा पुरिएका चार जनाको शव भेटिएको जनाइएकाे छ । घटनास्थलमा पुगेका सभामुख अग्नी सापकाेटाका प्रेस संयोजक श्रीधर न्यौपानेले ४ जनाकाे शव भेटिएकाे जानकारी दिएका हुन् । उनका अनुसार पहिरोले ३८ जना पुरिएको पुष्टि भएको छ भने ५ जनालाई उद्धार गरिएको छ। जसमध्ये ४ जनालाई चौतारा र १ जनालाई [&hellip;]</p>

काठमाडाैं । सिन्धुपालचोकको जुगल गाउँपालिका-२ लिदीमा शुक्रबार बिहान गएको पहिरोमा पुरिएका चार जनाको शव भेटिएको जनाइएकाे छ ।

घटनास्थलमा पुगेका सभामुख अग्नी सापकाेटाका प्रेस संयोजक श्रीधर न्यौपानेले ४ जनाकाे शव भेटिएकाे जानकारी दिएका हुन् ।

उनका अनुसार पहिरोले ३८ जना पुरिएको पुष्टि भएको छ भने ५ जनालाई उद्धार गरिएको छ।

जसमध्ये ४ जनालाई चौतारा र १ जनालाई काठमाडौं ल्याइएको छ। अहिले प्रहरी, सेना तथा स्थानीयहरू मिलेर उद्धार गरिरहेका छन् । तस्वीर: श्रीधर न्यौपाने

Share News