महालक्ष्मी लाइफ इन्स्योरेन्सको नाफा ८१७ प्रतिशतले बढ्यो, बीमा शुल्क ८६ करोड रुपैयाँ बढी

<p>काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सको खुद नाफा ८१७ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७५/७६ मा ८७ लाख ३४ हजार रुपैयाँ नाफा कमाएको कम्पनीले २०७६/७७मा ८ करोड रुपैयाँ आर्जन गर्न सफल भएको हो । कम्पनीको खुद नाफासँगै बीमा शुल्कमा पनि वृद्धि भएको छ । गत वर्षको असार मसान्तसम्ममा कम्पनीले ८६ करोड ८३ लाख रुपैयाँ बीमा [&hellip;]</p>

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सको खुद नाफा ८१७ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७५/७६ मा ८७ लाख ३४ हजार रुपैयाँ नाफा कमाएको कम्पनीले २०७६/७७मा ८ करोड रुपैयाँ आर्जन गर्न सफल भएको हो ।

कम्पनीको खुद नाफासँगै बीमा शुल्कमा पनि वृद्धि भएको छ । गत वर्षको असार मसान्तसम्ममा कम्पनीले ८६ करोड ८३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छ । अघिल्लो आवको सोही अवधिमा इन्स्योरेन्सले २५ करोड १३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो ।

इन्स्योरेन्सले सार्वजनिक गरेको गत आवको असारमसान्तको वित्तीय विवरणअनुसार कम्पनीको व्यवस्थापन खर्च ८ करोड ७७ लाख रुपैयाँबाट बढेर २७ करोड २५ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, कूल लगानी ४० प्रतिशतले बढेर २ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ ।

चुक्ता पुँजी एक अर्ब ४० करोड रुपैयाँ भएको यस कम्पनीको जीवन बीमा कोषमा ८१ करोड ६ लाख रुपैयाँ बढी छ । जुन अघिल्लो वर्षमा २५ करोड १९ लाख रुपैयाँ रहेको थियो ।

त्यस्तै, जगेडा कोषमा ६८५ प्रतिशतले बढेर ८ करोड २५ लाख रुपैयाँ सञ्चित रहेको छ ।

समीक्षा अवधिमा कम्पनीले १२ हजार ४ सय ३६ वटा बीमालेख कायम गरेको छ भने ५ जनाको मृत्यु दावी भुक्तानी गरेको छ ।

Share News