नेशनल लाइफ इन्स्योरेन्सले साढे १७ प्रतिशत लाभांश दिने, चुक्ता पुँजी ३ अर्ब १५ कराेड नाघ्ने

<p>काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले सेयरधनीलाई १७.५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । साउन ३० गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले नगद र बोनस सेयर गरी सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैठकले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत (४६ करोड २३ लाख ९३ हजार रुपैयाँ) नगद लाभांश र २.५ प्रतिशत [&hellip;]</p>

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले सेयरधनीलाई १७.५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । साउन ३० गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले नगद र बोनस सेयर गरी सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैठकले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत (४६ करोड २३ लाख ९३ हजार रुपैयाँ) नगद लाभांश र २.५ प्रतिशत (७ करोड ७० लाख रुपैयाँ) बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ८ करोड रुपैयाँ रहेको छ ।  २.५ प्रतिशत बाेनस पश्चात कम्पनीकाे चुक्ता पुँजी ३ अर्ब १५ कराेड रूपैयाँ पुग्ने छ ।

सञ्चालक समितिको उक्त निर्णयलाई बीमा समितिले स्वीकृति तथा कम्पनीको आगामी साधारणसभाले पारित गरेसँगै सेयरधनीले आर्थिक वर्ष २०७५/७६ को लागि सो मात्राको लाभांश पाउने छन् ।

प्रस्तावित बोनस सेयरमा लाग्ने कर रकमका लाग ०.१३ प्रतिशतका दरले ४० लाख ५६ हजार ८८ रुपैयाँ नगद लाभांशबाट समायोजन गर्ने इन्स्योरेन्सले जनाएको छ ।

Share News