ज्योति लाईफ इन्स्याेरेन्सले युआरएसबाट पायाे आईएसओ गुणस्तर चिन्ह

<p>काठमाडौं । ज्याेती लाईफ इन्स्याेरेन्स कम्पनीले यूनाईटेड रजिष्टार अफ सिष्टमस् (यूआरएस) बाट आइएसओ ९००१:२०१५  गुणस्तार चिन्ह  पाएकाे छ । यूआरएसले कम्पनीको व्यवस्थापन, कर्मचारी सुशासन र सेवाको गुणस्तरको आधारमा गरिएका निरिक्षण सम्पन्न गरी इन्स्याेरेन्सलाई आईएसओ ९००१:२०१५ मान्यता प्रदान गरेको हाे । उक्त मापन कम्पनीको व्यवस्थापन, कर्मचारी सुशासन र कम्पनीले ग्राहकहरुमा पुर्याउँदै आएको सेवा सुविधाको गुणस्तरको आधारमा गरिएको थियो । ज्योति लाईफले [&hellip;]</p>

काठमाडौं । ज्याेती लाईफ इन्स्याेरेन्स कम्पनीले यूनाईटेड रजिष्टार अफ सिष्टमस् (यूआरएस) बाट आइएसओ ९००१:२०१५  गुणस्तार चिन्ह  पाएकाे छ । यूआरएसले कम्पनीको व्यवस्थापन, कर्मचारी सुशासन र सेवाको गुणस्तरको आधारमा गरिएका निरिक्षण सम्पन्न गरी इन्स्याेरेन्सलाई आईएसओ ९००१:२०१५ मान्यता प्रदान गरेको हाे ।

उक्त मापन कम्पनीको व्यवस्थापन, कर्मचारी सुशासन र कम्पनीले ग्राहकहरुमा पुर्याउँदै आएको सेवा सुविधाको गुणस्तरको आधारमा गरिएको थियो । ज्योति लाईफले ई.सं. २०२० अगष्ट ५ मा आधिकारीक गुणस्तार चिन्ह प्रमाण पत्र प्राप्त गरेको थियो ।

ज्योति लाईफले आफ्नो स्थापना कालदेखि नै प्रविधि मैत्री सेवा प्रवाह गर्दै आएको र यस गुणस्तर प्रमाण चिन्ह प्राप्त गरे पश्चात आफ्नो कार्यविधि र प्रविधि संरचना थप सुध्रिद गर्दै ग्राहक सेवा सुविधा थप सवल पार्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले बताए ।

Share News