शिखर इन्स्योरेन्सको नाफा बढ्यो, बीमा शुल्क एक अर्ब १८ करोड रुपैयाँ बढी

<p>काठमाडौं । शिखर इन्स्योरेन्सको खुद नाफा ६.३९ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७५/७६ मा ४२ करोड ३१ लाख रुपैयाँ नाफा कमाएको कम्पनीले २०७६/७७मा ४५ करोड एक लाख रुपैयाँ आर्जन गर्न सफल भएको हो । समीक्षा अवधिमा कम्पनीले एक अर्ब १८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छ । अघिल्लो आवको सोही अवधिमा इन्स्योरेन्सले एक [&hellip;]</p>

काठमाडौं । शिखर इन्स्योरेन्सको खुद नाफा ६.३९ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७५/७६ मा ४२ करोड ३१ लाख रुपैयाँ नाफा कमाएको कम्पनीले २०७६/७७मा ४५ करोड एक लाख रुपैयाँ आर्जन गर्न सफल भएको हो ।

समीक्षा अवधिमा कम्पनीले एक अर्ब १८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छ । अघिल्लो आवको सोही अवधिमा इन्स्योरेन्सले एक अर्ब २८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो ।

चुक्ता पुँजी एक अर्ब ५ करोड रुपैयाँ भएको यस कम्पनीको जगेडा कोषमा ८३ करोड ६३ लाख रुपैयाँ बढी छ । जुन अघिल्लो वर्षमा ४० करोड ११ लाख रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा कम्पनीले २ लाख ५९ हजार वटा बीमालेख जारी गरेको छ । त्यस्तै, १४ हजार ४ सय ७० वटा दाबीबाट कूल एक अर्ब ६७ लाख रुपैयाँ भुक्तानी गरेको छ ।

इन्स्योरेन्सको प्रतिसेयर आम्दानी ४२.५८ रुपैयाँ रहेको छ । त्यस्तै, प्रति सेयर नेटवर्थ २ सय ८८ रुपैयाँ रहेको छ ।

Share News