काठमाडौं । यूनाईटेड इन्स्योरेन्स कम्पनी (नेपाल) ले गत आर्थिक वर्ष २०७६/७७मा ३१ करोड ८० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । जुन कम्पनीको इतिहासमै अहिलेसम्मकै उच्च बीमा शुल्क हो भने अघिल्लो आवको तुलनामा ३७.८२ प्रतिशत बढी हो ।
इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा २३ करोड ७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।
खुद बीमा शुल्कसँगै कम्पनीको खुद नाफामा पनि वृद्धि भएको छ । अघिल्लो आवमा २ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले गत आवमा ३ करोड ४१ लाख रुपैयाँ कमाएको छ । जुन प्रतिशतको आधारमा ६०.४४ प्रतिशत बढी हो ।
गत असार मसान्तसम्ममा कम्पनीको चुक्ता पुँजी बढेर एक अर्ब २ करोड रुपैयाँ पुगेको । त्यस्तै, जगेडा कोष वृद्धि भई ७ करोड ५२ लाख रुपैयाँ पुगेको छ भने बीमा कोष पनि बढेर ३० करोड ८० लाख रुपैयाँ रहेको छ । अघिल्लो आवमा कम्पनीको जगेडा कोषमा २ करोड ८४ लाख रुपैययाँ र बीमा कोषमा २९ करोड ३ लाख रुपैयाँ रहेकाे थियाे ।
समीक्षा अवधिमा कम्पनीले ९ हजार ७ सय ९३ वटा बीमालेख बाट ६५ करोड ५४ लाख रुपैयाँ कमाएको छ । त्यस्तै, २ हजार ४२ वटा दावी मार्फत २२ करोड ३८ लाख रुपैयाँ भुक्तानी गरेको देखिन्छ भने एक हजार ९ सय १४ वटा दाबीबाट ४३ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ ।
त्यस्तै, कम्पनीको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ३२ पैसा छ भने प्रतिसेयर नेटवर्थ १३७.९४ रुपैयाँ छ । प्रतिसेयर कुल सम्पत्तिको मूल्य एक हजार २ सय ३५ रुपैयाँ रहेको छ ।