प्रुडेन्सियल इन्स्योरेन्सको वार्षिक साधारणसभा भदौ २६ गते, छैन लाभांश प्रस्ताव

<p>काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको आर्थिक वर्ष २०७५/७६ को अठारौं वार्षिक साधारणसभा आगामी भदौ २६ गते हुने भएको छ । उक्त सभा सो दिन पर्साको कम्पनी रजिष्टर्ड कार्यालय विरगञ्जमा बस्ने भएको हो । भदौ २ गते बसेको कम्पनी सञ्चालक समितिले साे दिन कम्पनीको साधारणसभाको मिति तय गरेको हो । उक्त सभामा कम्पनीले सेयरधनीलाई लाभांश दिने [&hellip;]</p>

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको आर्थिक वर्ष २०७५/७६ को अठारौं वार्षिक साधारणसभा आगामी भदौ २६ गते हुने भएको छ । उक्त सभा सो दिन पर्साको कम्पनी रजिष्टर्ड कार्यालय विरगञ्जमा बस्ने भएको हो ।

भदौ २ गते बसेको कम्पनी सञ्चालक समितिले साे दिन कम्पनीको साधारणसभाको मिति तय गरेको हो ।

उक्त सभामा कम्पनीले सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको छैन । बीमा समितिको वित्तीय विवरण सम्बन्धी निर्देशन बमोजिमको वित्तीय विवरण एनएफआरएस बमोजिमको वित्तीय विवरण तयार गर्दा जगेडा तथा व्यवस्थाहरु कायम गर्नुपर्ने भएकोले कम्पनीले उक्त आर्थिक वर्षको लागि बोनस सेयर तथा नगद लाभांश कुनै पनि प्रस्ताव नगरेको जानकारी गराई सकेको छ ।

सम्बन्धित समाचारः

यसकारण प्रुडेन्सियल इन्स्योरेन्सका सेयरधनीले आर्थिक वर्ष २०७५/७६ को लाभांश नपाउने

Share News