
काठमाडौं । एनएलजी इन्स्योरेन्सले हालको परिस्थितीमा अनलाइन बाटै बीमा सम्बन्धि सेवा दिँदै आएको छ । कोभिड १९ को जोखिमको अवस्थालाई मध्यनजर गर्दै कम्पनीले आफ्ना ग्राहकलाई अनलाईनबाटै सेवा दिने व्यवस्था मिलाएको हो ।
कम्पनीले विभिन्न कर्मचारीहरु मार्फत वर्क फ्रम होमको रुपमा समेत सेवा दिइरहेको जानकारी गराएको छ । कार्यालयमा भौतिक उपस्थिति हुँदा ग्राहकमा जोखिम बढ्न सक्ने सम्भावना रहने भएकाले कम्पनीले बीमासँग सम्बन्धित सेवाका लागि विभिन्न कर्मचारीको सम्पर्क उपलब्ध गराएको छ ।
यससँगै ग्राहकले बीमा पोलिसी र दावी सम्बन्धी सेवाका लागि निम्न नम्बरमा सम्पर्क गर्न सक्नेछन् ।
