काठमाडौ । जीवन बीमा कम्पनीले आर्थिक वर्ष अन्त्य भएको मितिले ५ महिना भित्र बीमांकीय मूल्यांकन गरेर समितिलाई प्रतिवेदन पेश गर्नु पर्ने भएकाे छ । बीमा समितिले जीवन बीमा व्यवसाय गर्ने बीमकहरुको बीमांकीय मूल्यांकन सम्बन्धि निर्देशिका २०७७ जारी गरी उक्त व्यवस्था गरेकाे हाे ।
साथै, ताेकिएकाे समयमै प्रतिवेदन बुझाउन नसक्ने कम्पनीलाई भने समितिले कारबाही गर्ने जनाएको छ ।
यस्तै, बीमांकीय मूल्यांकन गर्दा गणितीय कोष निर्धारण कुल बीमाशुल्क विधि प्रयोग गरी गर्नुपर्ने भएको छ । बीमांकीय मूल्यांकन गर्दा वास्तविक बचत वा ६ प्रतिशत ब्याजदर मध्ये जुन कम हुन्छ, सोहि दरमा गर्नु पर्ने भएको छ ।
बीमांकीय मूल्यांकन प्रतिवेदनमा समावेश गरिएका तथ्यांकको शुद्धता तथा पर्याप्तता सम्बन्धमा बीमकको संचालन समितिको उद्घाेषण सहितको निर्णयको प्रतिलिपि समावेश गर्नु पर्नेछ । बीमांकीय प्रतिवेदनले गरेको सिफारिस बमोजिम बीमकले कायम गर्न चाहेको बोनस दर र अन्य व्यवस्थाहरु सम्बन्धमा बीमकको संचालक समितिको निर्णयको प्रतिलिपि आवश्यक हुनेछ ।
साथै, बीमांकीय मूल्यांकन प्रतिवेदनमा समावेश गरिएका तथ्यांकको शुद्धता तथा पर्याप्तता सम्बन्धमा बीमांकीको उद्धोषण आवश्यक हुने भएको हो ।
यस्तो छ निर्देशिका:
[pdf id=233223]