चितवनकाे मेघौली सेराई ‘ट्राभलर्स चोईस २०२०’ काे उपाधी

<p>काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जस्थित ताज सफारीको मेघौली सेराईलाई ‘ट्रिपएड्भाइजर’को ‘ट्राभलर्स चोइस २०२०’ पुरस्कारद्वारा सम्मानित गरिएको छ । विश्वकै ठूलो यात्रा प्लेटफर्म ‘ट्रिपएड्भाइजर’ले १८औं वार्षिक ‘ट्राभलर्स चोइस २०२०’ पुरस्कार विजेताहरू घोषणा गरेको हो । ‘ट्रिपएड्भाइजर’ले सेवा, सर्त, गुणस्तर र ग्राहक सन्तुष्टिका आधारमा विश्वभरका गन्तव्य, रेस्टुराँ तथा होटलहरूलाई पुरस्कृत गर्दछ । यिनै मानकका आधारमा ‘ट्रिपएड्भाइजर’ले होटल [&hellip;]</p>

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जस्थित ताज सफारीको मेघौली सेराईलाई ‘ट्रिपएड्भाइजर’को ‘ट्राभलर्स चोइस २०२०’ पुरस्कारद्वारा सम्मानित गरिएको छ ।

विश्वकै ठूलो यात्रा प्लेटफर्म ‘ट्रिपएड्भाइजर’ले १८औं वार्षिक ‘ट्राभलर्स चोइस २०२०’ पुरस्कार विजेताहरू घोषणा गरेको हो । ‘ट्रिपएड्भाइजर’ले सेवा, सर्त, गुणस्तर र ग्राहक सन्तुष्टिका आधारमा विश्वभरका गन्तव्य, रेस्टुराँ तथा होटलहरूलाई पुरस्कृत गर्दछ । यिनै मानकका आधारमा ‘ट्रिपएड्भाइजर’ले होटल र रिसोर्टहरूको शीर्ष १० प्रतिशतमा परेको मेघौली सेराईलाई सम्मानित गरेको हो ।

“यस सम्मानबाट हामी धेरै खुशी छौं, हामीलाई समर्थन गर्ने अतिथिहरूलाई धन्यवाद दिन चाहन्छाैं,” ‘लाइफस्टाइल कलेक्टिभ’का सीओओ प्रीत सिंहले कृतज्ञता व्यक्त गर्दै भने “अहिले हामी पर्यटनको नयाँ आयाममा प्रवेश गरिरहेका छौं, यो सम्मानले अझ उत्कृष्ट सेवा दिन हामीलाई उत्प्रेरित गरेको छ ।”

Share News