बीमा समितिको ५ बुँदे निर्देशन: नविकरण म्याद थपियाे

<p>काठमाडौं । बीमा कम्पनीहरुले आवश्यक सेवा प्रवाह गर्दा एकतिहाइ कर्मचारीहरुबाट मात्रै सेवा संचालन गर्नुपर्ने निर्देशन बीमा समितिले दिएको छ । समितिले निषेधाज्ञाको समयमा कार्यालय आउँदा कर्मचारीहरुले अनिवार्य रुपमा फोटो सहितको परिचयपत्र साथमा ल्याउनुपर्ने निर्देशन दिएको हो । साथसाथै समितिले निषेधाज्ञाको समयमा बीमा अवधि समाप्त भएका बीमालेखको विद्युतिय माध्यमबाट प्राप्त अनुरोधका आधारमा भदौ १५ गतेसम्म नवीकरण गर्ने व्यवस्था [&hellip;]</p>

काठमाडौं । बीमा कम्पनीहरुले आवश्यक सेवा प्रवाह गर्दा एकतिहाइ कर्मचारीहरुबाट मात्रै सेवा संचालन गर्नुपर्ने निर्देशन बीमा समितिले दिएको छ । समितिले निषेधाज्ञाको समयमा कार्यालय आउँदा कर्मचारीहरुले अनिवार्य रुपमा फोटो सहितको परिचयपत्र साथमा ल्याउनुपर्ने निर्देशन दिएको हो ।

साथसाथै समितिले निषेधाज्ञाको समयमा बीमा अवधि समाप्त भएका बीमालेखको विद्युतिय माध्यमबाट प्राप्त अनुरोधका आधारमा भदौ १५ गतेसम्म नवीकरण गर्ने व्यवस्था पनि मिलाउने भएको छ।

समितिकाे अनुसार बीमा अभिकर्ता र सर्भेयरको इजाजतपत्र नवीकरणको म्यादपनि भदौ १५ गतेसम्म कायम गरिने छ । सो अवधिको ब्याज समेत नलाग्ने बीमा समितिको जनाएकाे छ ।

[pdf id=233352]

Share News