काठमाडौं ।, विदेशबाट उद्दार गरिउर ल्याएकाले होटलमा हप्ताको ६३ हजार रुपैयाँ तिर्नु पर्ने भएको छ । सरकारले विदेशबाट उद्दार गरि ल्याइकाहरुले एक सातासम्म अनिवार्य रुपमा होटलमा बस्नै पर्ने निर्णय गरेसँगै उनीहरुले अब एक साता होटलमा बसेको ६३ हजार रुपैयाँ सम्म तिर्नु पर्ने भएको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले हिजो बेलुकी एक सूचना जारी गर्दै एकतारे देखि पाँच तारेसम्मका होटलहरुको विवरण र होटलका कोठाको मूल्यसूची सार्वजनिक गरेको हो ।
अब पाँच तारे होटलमा बस्नेले एक दिनको ९ हजार रुपैयाँसम्म तिर्नुपर्नेछ। ४ तारेमा बस्नेले दिनको ६ हजार, ३ खतारेमा ५५ सय, २ तारेमा बस्नेले ३५ सय र एकतारेमा बस्नेले २५ सय रुपैयाँ तिनुपर्ने भएको हो ।
पर्यटकस्तरीय होटलमा बस्नेले भने एक दिनको १८ सय रुपैयाँसम्म तिर्नुपर्नेछ। होटलमा बस्न नसक्ने अर्थात खर्च नभएकाहरुलाइृ पनि सरकारले ल्याउने, तर उनीहरू सरकारले तोकेको क्वरेण्टीनमा बस्नुपर्ने बताइएको छ ।
सार्वजनिक गरिएका होटलमा तीन हजार ५ सय शैय्या क्षमता रहेको छ । पर्यटकीय क्षेत्र ठमेल, ताहाचल, गौशाला, बत्तिसपुतली, दरबारमार्ग, सानो गौचरन, नक्साल, भक्तपुर, लाजिम्पाट, गोदावरी, कमलादी, स्वयम्भू, झम्सीखेल, बूढानीलकण्ठ, लैनचौर कमलपोखरी र बागबजार क्षेत्रमा होटललाई क्वारेन्टाइनका रूपमा प्रयोग गरिने बताइएको छ ।
पर्यटकस्तरको होटलका लागि दिनको चार पटक दिइने खानाको मेनु पनि तोकिएको छ। पर्यटकस्तरको होटलले क्वारेन्टाइनमा बस्ने व्यक्तिलाई बिहानको नास्ता, खाना, खाजा र बेलुकाको खाना खुवाउनुपर्नेछ। तारे होटलले खुवाउने खाना आफ्नै ढङ्गको हुनेछ।
सरकारले भदौ १ गतेदेखि पाँचौं चरणको उद्धार उडान सुरु गरेको थियो। कोरोना महामारी सुरु भएयता हालसम्म ५१ हजार नेपाली स्वदेश फर्किसकेका छन् ।
हाेटलकाे र हाेटलकाे मूल्यसूची यस्ताे छ:
[pdf id=233510]