काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड “ए रेटिङ” प्राप्त गर्दै देशको पहिलो तथा एक मात्र बीमा कम्पानी बनेको छ ।
शिखर इन्स्योरेन्सले इक्रा नेपालबाट सो रेटिङ प्राप्त गरेको हो । “ए रेटिङ”प्राप्त कम्पनीले आफ्नो वित्तीय दायित्वको समयमै भुक्तानी गर्न सक्षम रहने र न्युनकर्जा जोखिम रहने कुराको संकेत गर्दछ ।
कम्पनीको रेटिङ जारी गर्दा कम्पनीको बजार हिस्सा, दाबी व्यवस्थापन, शाखा संजाल, सोल्भेन्सी स्थिति, व्यवस्थापन पक्ष, पुनर्बीमा व्यवस्थापन, महा विपत्ति जोखिम व्यवस्थापन लगायत विविध पक्षहरुको अध्ययन गरिएको हुन्छ ।
कम्पनीको सबल तथा सक्षम व्यवस्थापन पक्ष तथा कर्मचारी रहेको, सुदृढ बजार हिस्सा तथा शाखा संजाल रहेको, सम्पत्ति, नेटवर्थ, बीमा शुल्कमा अग्रणी कम्पनी रहेको भन्दै इक्रा नेपालले ए रेटिङ दिएकाे हाे ।
यस्तै, दाबी भुक्तानको लागि प्रयाप्त मात्रामा सोल्भेन्सी तथा तरलता रहेको भुकम्प जस्तो महा विपत्तिको लागि प्रयाप्त मात्रामा महाविपत्ति पुनर्बीमा व्यवस्थापन गरिएको र सबल पुनर्बीमा व्यवस्थापन तथा उत्कृष्ट पुनर्बीमकहरुको साथ प्राप्त भएको भन्दै इक्रा कम्पनीलाई ए रेटिङ दिएकाे हाे ।