भदौ १६ गतेदेखि नियमित हवाई उडान सुरु हुने

<p>काठमाडाैं । सरकारले भदौ १६ गतेदेखि नियमित हवाई उडान सुरु गर्ने निर्णय गरेकाे छ। बिहीबार बसेकाे मन्त्रिपरिषद् बैठकले भदौ १६ गतेदेखि नियमित उडान सुरु गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले बताए । उनका अनुसार दैनिक ५०० यात्रु नकट्ने गरी संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्राललयले उडान तालिका बनाउनेछ । [&hellip;]</p>

काठमाडाैं । सरकारले भदौ १६ गतेदेखि नियमित हवाई उडान सुरु गर्ने निर्णय गरेकाे छ।

बिहीबार बसेकाे मन्त्रिपरिषद् बैठकले भदौ १६ गतेदेखि नियमित उडान सुरु गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले बताए ।

उनका अनुसार दैनिक ५०० यात्रु नकट्ने गरी संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्राललयले उडान तालिका बनाउनेछ ।

सरकारले मलेसिया, युएई, दक्षिण कोरिया, थाइल्यान्ड, जापान, चीन, हङकङ, अस्ट्रेलिया, अमेरिका, युरोपलगायत देशमा रहेका नेपालीलाई नियमित उडानमार्फत स्वदेश आउन अनुमति प्रदान गरेको खतिवडाले जानकारी दिए ।

पीसीआर गर्न गाह्रो भएका मुलुकहरु कतार, साउदी अरबलगायतका मुलुकबाट नेपाल आउने नेपालीहरुलाई भने चार्टर उडानबाट मात्रै ल्याउन पाउने निर्णय गरेको छ ।

Share News