
बीमा दावी भुक्तानी अवस्था
काठमाडौं । कोभिड–१९ अर्थात कोरोना बीमामा करिव ३ करोड ११ लाख रुपैयाँको दावी परेको छ । भदौ ७ गते साँझसम्ममा ३२४ जना बीमितलाई कोभिड संक्रमण पुष्टि भएको छ ।
त्यसमा २९८ जनाको प्रतिव्यक्ति १ लाख रुपैयाँका दरले कोभिड–१९ बीमा भएको छ । उनीहरुबाट २ करोढ ९८ लाख रुपैयाँको दावी परेको बीमा समितिले जनाएको छ ।
त्यस्तै प्रति व्यक्ति ५० हजार रुपैयाँ बीमा गर्नेतर्फ २६ जनालाई कोभिड–१९ संक्रमण पुष्टि भएको छ । उनीहरुबाट १३ लाख रुपैयाँ बीमा दावी भएको छ ।
बीमा कम्पनीहरुले अहिलेसम्म ८० बीमितलाई ७५ लाख ५० हजार रुपैयाँ दावी भुक्तानी गरिसकेका छन् । त्यसमा ५० हजारका दरले बीमा गर्ने ९ जनालाई ४ लाख ५० हजार र प्रतिव्यक्ति १ लाख बीमा गर्ने ७१ जनालाई ७१ लाख रुपैयाँ भुक्तानी भईसकेको बीमा समितिले जनाएको छ ।
भदौ ७ गतेसम्ममा ७ लाख ७२ हजार ६७९ जनाले बीमा गरेका छन् । त्यसबाट ४३ करोड ३७ लाख ५८ हजार ८८२ रुपैयाँ बीमा शुल्क संकलन भएको छ । अहिलेसम्म बीमा शुल्क र बीमा दावी भुक्तानीबीच सन्तुलन देखिए पनि बीमा दावी बढ्दो क्रममा रहेकोले बीमा कम्पनीहरु चिन्तित भएका छन् ।
समूहमा बीमा गर्दा प्रतिव्यक्ति ६०० रुपैयाँमा एक लाखको कोभिड–१९ बीमा हुन्छ । त्यसमा पनि स्थानीय तहको सिफरिस भएको प्रतिव्यक्ति ३०० रुपैयाँका दरले बीमा शुल्क बुझाउँदा १ लाख रुपैयाँको बीमा हुने व्यवस्था रहेको छ ।

कुल काेभिड बीमा कम्पनीअनुसार