
काठमाडौ । बीमा समितिले कोरोना महामारीका कारण भएको लक डाउनको समयमा बन्द रहेका उद्योगहरुको बीमा शुल्कमा ३३ प्रतिशत छुट दिन कम्पनीहरुलाई निर्देशन दिएको छ । सो निर्देशनमा सम्पत्ति बीमा अन्तरगत बीमा दरलाई संशोधन गर्ने पनि उल्लेख गरिएको छ ।
हाल कायम रहेको व्यवस्था अनुसार बन्द अवस्थामा रहेको कारखानाको बीमा दर प्रति हजारका दरले ३ रुपैयाँ कायम रहदै आएको थियो । परिमार्जित व्यवस्था अनुसार बन्द अवस्थाको जोखिम (साइलेन्ट रिस्क) हाल कायम रहेको सम्बन्धित बीमा दरको एक तिहाई कायम गरिने भएको हो ।
नयाँ व्यवस्थासँगै कारखानाको बीमा दर प्रति हजारका दरले करिब १ रुपैयाँ मात्र भएकाे छ ।
नयाँ व्यवस्थाले उद्याेगीलाई लाभ भए पनि बीमा कम्पनीहरूकाे आम्दानी गुम्मेछ । यसअघि बीमा कम्पनीहरूलाई माेटर बीमा पनि यस्तै छुट दिन बीमा समितिले निर्देशन दिएकाे थियाे । माेटर बीमामा छुट दिँदा २० वटा निर्जीवन बीमा कम्पनीहरूले २ अर्ब ६० कराेड रूपैयाँ आम्दानी गुमाएकाे नेपाल इन्स्याेरेन्सका प्रमुख कार्यकारी अधिकृत वियज बहादुर शाहले बताए । २६ अर्बकाे कुल बजारमा २ अर्ब ६० कराेड छुट दिदाँ बीमा कम्पनीहरूकाे वित्तीय अवस्थामा ठूलाे असर पर्ने उनकाे मत छ ।
बीमा समितिले उद्याेगी र व्यापारीकाे कुरा मात्र सुन्न थालेकाे र बीमा कम्पनीहरू मर्कामा परिरहेकाे भन्दै उनीहरूले दुःखेसाे व्यक्त गर्न थालेका छन् । ‘बीमा समितिले हाम्राे कुरा सुन्न छाेडेकाे छ । उद्याेग वाणिज्य महासंघ, उद्याेग परिसघका कुरा सुन्न थालेकाे छ’ एक बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले भने-‘सरकारले गरेकाे निर्णय मान्नै पर्याे, काेभिडकाे असर उद्याेगी व्यापारीलाई मात्र परेकाे जस्ताे छ । बीमा कम्पनीहरू काेभिड बीमा, माेटर बीमा र उद्याेग बीमाबाट थला पर्दैछन् ।’
यस्तो छ निर्देशन
