तिम्रो कला साधनाको गुन तिर्न सकौं, राष्ट्रकवि ।।

<p>मुक्तकहरु १.हरेक जनको हृदयमा थियौ राष्ट्रकवि सत्कर्मले दीर्घ जीवन जियौ राष्ट्रकवि ।। नेपाली यो कला जगत् उर्वर पारी गयौ शालीन तिमी अमर कृति दियौ राष्ट्रकवि ।। २.अन्धकार चिर्न जति महत्व छ रवि साहित्य जगत् उर्वर पा¥यौ धन्य राष्ट्रकवि ।। तिम्रो कला साधनाको गुुन तिर्न सकौँ जन्म सार्थक पार्यौ उच्च बनाएर छवि ।। ३. आधा गौरी [&hellip;]</p>

मुक्तकहरु

१.हरेक जनको हृदयमा थियौ राष्ट्रकवि
सत्कर्मले दीर्घ जीवन जियौ राष्ट्रकवि ।।
नेपाली यो कला जगत् उर्वर पारी गयौ
शालीन तिमी अमर कृति दियौ राष्ट्रकवि ।।

२.अन्धकार चिर्न जति महत्व छ रवि
साहित्य जगत् उर्वर पा¥यौ धन्य राष्ट्रकवि ।।
तिम्रो कला साधनाको गुुन तिर्न सकौँ
जन्म सार्थक पार्यौ उच्च बनाएर छवि ।।

३. आधा गौरी आधा माधव भइ तिमी जियौ
जाने बेला सुुन्दर कृति ऋतम्भरा दियौ ।।
शास्त्रीयता स्वच्छन्दता वाद दुुबै मिलाई
काव्य जगत् उर्वर पार्ने तिमी रत्न थियौ ।।

४. देवकोटा लेखनाथ समको एकाकार तिमी
काव्यशक्ति देख्दा देवकै उपहार तिमी ।।
आदर्श र अनुुकरणीय व्यक्तित्व हौ
सरल सरस जिन्दगीको एउटै सार तिमी ।।

५. पिइरहूूँ लाग्ने साँच्चै तिम्रो काव्य धारा
वियोगमा रोइरहेछन् नेपाली जन सारा ।।
गाउँछ गीत नेपालीको ज्योति चम्काएर
साहित्य आकाशका तिमी थियौ धुुव्र तारा ।।

नुवाकोट, हालः पोखरा–११

Share News