काठमाडौं । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था मर्जर तथा पाप्ती प्रक्रियामा अगाडि बढेको छ । जसको लागि संस्थाले तीन सदस्यीय समिति गठन गरेको छ ।
भदौ १० गते बसेको लघुवित्तको संचालक समितिको बैठकले उक्त समिति गठन गरेको हो । बैठकले एक जना गैर कार्यकारी सञ्चालकको संयोजकत्वमा ३ सदस्यीय मर्जर तथा प्राप्ती समिति गठन गर्ने निर्णय गरेको हो ।
यससँगै उक्त समितिको संयोजकमा सुशोभन देवकोटा, सदस्यमा अनिमेश हलवाई र सदस्य सचिवमा हरिकृष्ण जोशी रहेका कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव किरण कुँवरले जानकारी दिएका छन् ।