काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले अभिकर्ताहरुलाई भर्च्युअल ट्रेनिङ्गको आयोजना गरी सम्पन्न गरेको छ ।
कम्पनीले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभड-१९) को असर र काठमाडौं उपत्यका लगायत देशको मुख्य मुख्य शहरहरुमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको यस विषम परिस्थितिमा पनि आफ्ना अभिकर्ताहरुलाई ट्रेनिङ्ग दिएको हो ।
कम्पनीले भदौ १० गतेदेखि १२ गतेसम्म निर्जीवन बीमाको विविध क्षेत्रलाई समेटेर अभिकर्ताहरुलाई प्रशिक्षण प्रदान गरेको छ । कम्पनीका विभागीय प्रमुखहरु देखि उच्च पदस्थ पदाधिकारीहरुले समेत प्रशिक्षण प्रदान गराएका थिए । उक्त प्रशिक्षण कार्यक्रममा ५५ जना भन्दा बढि व्यक्तिहरुको सहभागिता रहेको कम्पनीले जनाएको छ ।
यस प्रशिक्षण पश्चात अभिकर्ताहरुले बजारबाट बीमाको बजारीकरण गरेर आफनो आम्दानीको श्रोत बढाउन सक्ने र आफूलाई फ्रिल्यान्सर रोजगारीको रुपमा स्थापित गरी आय आर्जन गर्न सक्ने पनि कम्पनीले जनाएको छ ।