सगरमाथा इन्स्योरेन्सकाे २३औं वार्षिक साधारण सभा सम्पन्न

<p>काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७५/७६ को २३औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । उक्त सभा कम्पनीका अध्यक्ष रामकृष्ण मानन्धरको अध्यक्षतामा भदौ १३ गते भर्च्युअल विधिमार्फत सम्पन्न भएको हो । कम्पनीले आर्थिक वर्ष २०७५/७६ मा कम्पनीले अघिल्लो आर्थिक वर्षको तूलनामा १८.४३ प्रतिशतले व्यवसाय वृद्धि गरि १ अर्ब १७ करोड रुपैया प्रिमियम आर्जन [&hellip;]</p>

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७५/७६ को २३औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । उक्त सभा कम्पनीका अध्यक्ष रामकृष्ण मानन्धरको अध्यक्षतामा भदौ १३ गते भर्च्युअल विधिमार्फत सम्पन्न भएको हो ।

कम्पनीले आर्थिक वर्ष २०७५/७६ मा कम्पनीले अघिल्लो आर्थिक वर्षको तूलनामा १८.४३ प्रतिशतले व्यवसाय वृद्धि गरि १ अर्ब १७ करोड रुपैया प्रिमियम आर्जन गरेको छ । एनएफआरएस वित्तीय विरण अनुसार कम्पनीले १९ करोड ५२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

सभाबाट कम्पनीको वार्षिक प्रतिवेदन सहित वासलात, नाफा नोक्सान हिसाव र सोसँग सम्बन्धित सम्पुर्ण अनुसूचीहरु पारित भएको जानकारी गराउँदै निर्जीवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसंग गाभ्ने, गाभिने वा प्राप्ती गर्ने सम्बन्धमा आवश्यक कार्य गर्ने अधिकार समेत सेयरधनीका तर्फबाट संचालक समितिलाई प्रदान गरियो ।

सभामा सेयरधनीले यस्तो विषम परिस्थितिमा कम्पनीले प्रविधिकै प्रयोग गरि बीमालेखहरु पनि जारी गर्ने व्यवस्थालाई अघि बढाउन समेत सुझाव दिएका छन् ।

कोभिड-१९ को असरका बाबजुद चालु आर्थिक वर्ष २०७६/७७ मा कम्पनीले २ अर्ब १९ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ । जुन गत आर्थिक वर्ष २०७५७६ को तुलनामा ०.८३ प्रतिशत अर्थात एक करोड ८१ लाख रुपैयाँले वृद्धि भएको कम्पनीले जनाएको छ ।

Share News