स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशकको लागि दरखास्त आव्हान

<p>काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले स्वास्थ्य बिमा बार्डको कार्यकारी निर्देशकको पदको लागि उम्मेदवारी आव्हान गरेको छ । मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै बिमा बार्डको कार्यकारी निर्देशकको पदको लागि उम्मेदवारी आव्हान गरेको हो । मन्त्रालयले असोज ९ गतेभित्र उक्त पदको लागि उम्मेदवारी दिन आग्रह गरेको छ । उक्त पदमा उम्मेदवारी दिनको लागि सो व्यक्तिले मान्यता [&hellip;]</p>

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले स्वास्थ्य बिमा बार्डको कार्यकारी निर्देशकको पदको लागि उम्मेदवारी आव्हान गरेको छ । मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै बिमा बार्डको कार्यकारी निर्देशकको पदको लागि उम्मेदवारी आव्हान गरेको हो ।

मन्त्रालयले असोज ९ गतेभित्र उक्त पदको लागि उम्मेदवारी दिन आग्रह गरेको छ ।

उक्त पदमा उम्मेदवारी दिनको लागि सो व्यक्तिले मान्यता प्राप्त शैक्षिक संस्थाबाट अर्थशास्त्र, व्यवस्थापन, कानुन, चिकित्साशास्त्र, जनस्वास्थ्य वा स्वास्थ्य अर्थशास्त्र सम्बन्धित विषयमा कम्तिमा स्नातककोत्तर उपाधी हासिल गरी सम्बन्धित क्षेत्रमा १० वर्षको अनुभव हुनुपर्नेछ ।

यस्तै सो व्यक्ति दरखास्त दिने अन्तिम मितिसम्म ४० वर्ष उमेर पुगेको र ६५ वर्ष ननाघेको हुनुपर्नेछ । सो व्यक्तिले कुनै पनि प्रकारको भ्रष्टचार, जबरजस्ती करणी जस्ता कनै पनि कसुरमा सजाय नपाएको हुनुपर्नेछ ।

Share News