सबै कम्पनीका ग्यास सिलिण्डरकाे मूल्य २१०० रुपैयाँ

<p>&nbsp; काठमाडौं । नयाँ ग्यास सिलिण्डरको मूल्य कति ? काठमाडौं महानगरपालिका वडा नम्बर १४ लाम्पाटी स्थिति किराना पसल र ग्यास पसल चलाउँदै आएका प्रेम तिवारी बिहिबार विहान भने–‘कम्पनी अनुसार फरक फरक छ, नेपाल ग्यासको ४ हजार ५००, एभरेष्ट ग्यासको ४ हजार, साइवावाको ३ हजार ९ सय, त्रिशुलको ३ हजार ७५० रुपैयाँ । सरकारले ग्यासको मूल्य [&hellip;]</p>

 

काठमाडौं । नयाँ ग्यास सिलिण्डरको मूल्य कति ? काठमाडौं महानगरपालिका वडा नम्बर १४ लाम्पाटी स्थिति किराना पसल र ग्यास पसल चलाउँदै आएका प्रेम तिवारी बिहिबार विहान भने–‘कम्पनी अनुसार फरक फरक छ, नेपाल ग्यासको ४ हजार ५००, एभरेष्ट ग्यासको ४ हजार, साइवावाको ३ हजार ९ सय, त्रिशुलको ३ हजार ७५० रुपैयाँ ।

सरकारले ग्यासको मूल्य प्रतिसिलिण्डर १३ सय ७५ रुपैयाँ तोकेको छ । तिवारीका अनुसार ग्यासको मूल्य घटाएपछि खाली सिलिण्डरको मूल्य नेपाल ग्यास ३ हजार १२५, एभरेष्टको २ हजार ६२५, साइबाबाको २ हजार ५२५ र त्रिशुलको २ हजार ३७५ रुपैयाँ हुन आउँछ ।

बुधबार नेपाल एलपी ग्यास उत्पादक संघले सबै कम्पनीका खाली ग्यास सिलिण्डरको मूल्य २ हजार १ सय रुपैयाँ तोकेको छ । यो मूल्य उपभोक्ताले तिर्ने मूल्य हो ।

ग्यास बिक्रेता तिवारीले भनेको मूल्य ग्यास उत्पादक संघले तोकेको मूल्यभन्दा प्रतिसिलिण्डर २७५ रुपैयाँ देखि १ हजार २५ रुपैयाँसम्म बढी हो ।

के ग्यास बिक्रेताले उपभोक्तासँग प्रति सिलिण्डरमा १ हजार २५ रुपैयाँ बढी असुल गर्दै आएका थिए ? नेपाल एलपी ग्यास उत्पादक संघका अध्यक्ष गोकुल भण्डारी भन्छन्–बजारमा अस्वस्थ प्रतिस्पर्धा भएको र उपभोक्तालाई मर्काे परेको देखिएकोले एउटै मूल्य लागू गर्ने निर्णय भएको हो ।

‘ग्यासको मूल्य सरकारले तोक्दै आएता पनि सिलिण्डरको मूल्य उद्योगले तोक्दै आएकोले बजारमा ग्यासको मूल्यमा एक रुपता थिएन । अब ग्यास र सिललिण्डर दुबैको मूल्य एउटै हुनेछ’ अध्यक्ष भण्डारीले भने–‘अब उपभोक्ता ठगिदैनन् । उत्पादक र विक्रेताले पनि अस्वस्थ प्रतिस्पर्धा गदैनन् ।’

फलामे ग्यास सिलिण्डरको उत्पादन लागत १ हजार ९५० रुपैयाँ रहेको र त्यसको ढुवानी खर्च, बिक्रेताले पाउने कमिसन, सरकारले लिने सबै जोडर प्रतिसिलिण्डर २ हजार १ सय रुपैयाँ तोकिएको उनले बताए ।

यो मूल्य वाग्मती प्रदेशभर लागू हुने उनले बताए । ‘अहिले वाग्मती प्रदेशभर सबै उद्योगी बसेर एउटै मूल्य लागू निर्णय गरेको छौं । अरु प्रदेशमा पनि यस्तो व्यवस्था क्रमशः लागू गर्दै जाने छौं ।’

यसअघि उद्योगीले प्रति ग्यास सिलिण्डर १ हजार ७ सयदेखि २ हजार ६ रुपैयाँमा बेच्दै आएको र त्यसमा बिक्रेताले लागत र नाफा जोडेर बेच्दै आएको उनले बताए ।

Share News