बीमा कम्पनीका कर्मचारीको दशैं भत्ता नरोकिने, कोरोना महामारीले पारेन असर

<p>काठमाडौ । अहिले कोरोना महामारीले अर्थतन्त्रमा नै असर पारिरहेको अवस्था भएपनि बीमा कम्पनीका कर्मचारीको दशैं भत्तामा कुनै असर नपर्ने भएको छ । बीमा कम्पनीहरुले आफ्ना स्थायी कर्मचारीहरुलार्ई विगतको जसरी नै भत्ता प्रदान गर्न कुनै समस्या नरहेको बताएका छन् । बिमक संघका महासचिव तथा सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीका अनुसार कर्मचारीहरुले पाउँने दशंै [&hellip;]</p>

काठमाडौ । अहिले कोरोना महामारीले अर्थतन्त्रमा नै असर पारिरहेको अवस्था भएपनि बीमा कम्पनीका कर्मचारीको दशैं भत्तामा कुनै असर नपर्ने भएको छ ।

बीमा कम्पनीहरुले आफ्ना स्थायी कर्मचारीहरुलार्ई विगतको जसरी नै भत्ता प्रदान गर्न कुनै समस्या नरहेको बताएका छन् ।

बिमक संघका महासचिव तथा सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीका अनुसार कर्मचारीहरुले पाउँने दशंै भत्ता यसपालि पनि रोकिदैन ।

‘विगतका वर्षहरुमा जस्तै यसपालि पनि हामीले कर्मचारीहरुलाई दशैं भत्ता दिन्छौं, कर्मचारी नियमावलीमा जे छ, त्यही अनुसार कर्मचारीलाई भत्ता दिने हो, कर्मचारीहरुको तलब तथा सुविधा बीमा समितिको गाईडलाइनमै तोकिएको छ, सोही गाइडलाइन अनुसारको तलब नै दशैंमा १ महिनाको थपिएर आउँछ, अहिले बीमा क्षेत्रमा कर्मचारीहरुको तलब नै रोक्नु पर्ने खालको स्थिति छैन’, सगरमाथा इन्स्यारेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत समेत रहेका संघका महासचिव क्षेत्रीले विकासन्युजसँग भने ।

अजोड इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीका अनुसार बीमा कम्पनीहरुले नियमित रुपमा प्रदान गर्र्दै आएका दशंै भत्ता यस वर्ष पनि रोकिदैन ।

‘अहिलेसम्म्म कर्मचारीहरुलाई नियमित रुपमा प्रदान गरिदै आएको दशैं भत्ता यस वर्ष पनि दिनुपर्छ, हाम्रो कम्पनीको कुरा गर्दा व्यवसाय घट्यो, बन्दाबन्दी भयो भनेर तलब काट्नु परेको छैन, अहिले सबैलाई समस्या छ, यस्तो बेलामा हामीले बरु तत्काल नयाँ कर्मचारी नथप्ने तर भएका कर्मचारीहरुलाई तलब–भत्ता नियमित गर्ने रणनीति अपनाएका छौं’, प्रमुख कार्यकारी अधिकृत खत्रीले भने ।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल पनि कर्मचारीहरुको दशैं भत्ता नरोकिने बताउँछन् । पूँजी चलायमान गरे मात्र राजस्वमा पैसा जाने भएकाले अहिलेको अवस्थामा सबै कुरा नियमित बनाउँने प्रयास गर्न जरुरी भएको उनको भनाइ छ ।

‘कर्मचारीहरुको तलब, दशैंको भत्ता रोक्नु हुँदैन, राज्यले पनि तलब भत्ता सकेसम्म नरोक्नु भनिरहेकै छ, कोरोना महामारीको डर भएपनि अवस्था अहिले केही सहज बन्दै पनि गइरहेको छ, अर्थतन्त्र चलायमान गर्न राजस्वमा पैसा जान जरुरी हुन्छ, त्यसैले बीमा कम्पनीहरु कर्मचारीलाई दशैं भत्ता दिन नसक्ने अवस्थामा पनि छैनन्, रोक्नु उचित पनि हुँदैन’, प्रमुख कार्यकारी अधिकृत पौडेलले भने ।

उनले गोजीमा पैसा राखेर भन्दा पनि अहिले ग्रास रुटसम्म नै पैसा पुर्याएर अर्थतन्त्र चलायमान बनाउनु पर्ने अवस्था रहेको बताए । अमेरिका, भारत जस्ता देशले ग्रास रुटमा पैसा बाढेका उदाहरण दिदै उनले कुनैपनि कम्पनी आफै नचलेर बन्द हुन लागेको अवस्थमा भन्दा बाहेक अन्य अवस्थामा भत्ता रोक्न नहुने बताए ।

युनियन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णका अनुसार कर्मचारीले पाउँने दशैं भत्ता रोकिदैन ।

‘हाम्रो दशैं पेस्कीको सम्बन्धमा बोर्ड बैठक बस्न त बाँकी नै छ, बैठक बाँकी नै भएपनि कर्मचारीहरुले पाउँने भत्ता रोकिदैन, रोक्ने कुरा कसैले गरेको पनि छैनन्, कर्मचारीहरुले अरु बेला जस्तै दशैं भत्ता यसपालि पनि पाउँछन्’, अधिकृत कर्णले भने ।

सम्बन्धित सामग्री

सबैको चासो दशैं भत्ताः यस वर्ष कर्पोरेट क्षेत्रका कर्मचारीले पाउँछन् कि पाउँदैनन् ?

बैंकका कर्मचारी मालामालः दशैंभत्ता र बोनस एकै पटक, कोरोनाले छोएन आम्दानी

Share News