काठमाडौ । आर्थिक वर्ष २०७६/७७ को असार मसान्तमा निर्जीवन बीमा कम्पनीहरुले ५८ अर्ब ४४ करोड रुपैयाँ लगानी गरेका छन् ।
बीमा समितिका अनुसार निर्जीवन बीमा कम्पनीहरु मध्येसबैभन्दा धेरै लगानी राष्ट्रिय बीमा कम्पनीको रहेको छ । सो कम्पनीको ५ अर्ब ३८ करोड रुपैयाँ लगानी रहेको छ ।
यस्तै, दोस्रोमा नेको इन्स्योरेन्स कम्पनी रहेको छ । नेको इन्स्योरेन्सको लगानी ३ अर्ब १४ करोड रुपैयाँ रहेको छ । तेस्रोमा भने शिखर इन्स्योरेन्स कम्पनी रहेको छ । शिखरको लगानी ३ अर्ब ७ करोड रुपैयाँ रहेको छ ।
नेपाल इन्स्योरेन्स कम्पनीको लगानी २ अर्ब २७ करोड रुपैयाँ रहेको छ । यस्तै, ओरिएण्टल इन्स्योरेन्स कम्पनीको, २ अर्ब ३० करोड, नेशनल इन्स्योरेन्स कम्पनीको १ अर्ब ९९ करोड रुपैयाँ र हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको लगानी २ अर्ब ३ करोड रुपैयाँ रहेको छ ।
समितिले दिएको जानकारी अनुसार युनाइटेड इन्स्योरेन्स कम्पनीको लगानी १ अर्ब ५१ करोड रुपैयाँ रहेको छ । यस्तै, प्रिमियर इन्स्योरेन्स कम्पनीको २ अर्ब ६४ करोड, एभरेष्ट इन्स्योरेन्स कम्पनीको १ अर्ब ६४ करोड रुपैयाँ, नेको इन्स्यारेन्स कम्पनीको ३ अर्ब १४ करोड रुपैयाँ र सगरमाथा इन्स्योेरेन्स कम्पनीको लगानी २ अर्ब ६० करोड रुपैयाँ रहेको छ ।
प्रभु इन्स्योरेन्स कम्पनीको लगानी १ अर्ब २१ करोड रुपैयाँ लगानी रहेको छ । यस्तै, आइएमई जनरल इन्स्योरेन्स कम्पनीको १ अर्ब ६८ करोड, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको १ अर्ब ५९ करोड, लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको २ अर्ब ११ करोड, एनएलजी इन्स्योरेन्स कम्पनीको २ अर्ब २६ करोड रुपैयाँ रहेको छ ।

समितिका अनुसार सिद्धार्थ इन्स्योरेन्स कम्पनीको लगानी २ अर्ब ७४ करोड रुपैयाँ रहेको छ । यस्तै, सानिमा जनरल इन्स्योरेन्सको ८० करोड ६६ लाख, जनरल इन्स्योरेन्स कम्पनीको ८७ करोड १० लाख, अजोड इन्स्योरेन्स कम्पनीको लगानी १ अर्ब ६ करोड रुपैयाँ रहेको छ ।
नेपाल पुनर्बीमा कम्पनीको लगानी १५ अर्ब ४६ करोड रुपैयाँ रहेको छ ।
निर्जीवन बीमा कम्पनीहरुले नेपाल सरकारको बचतपत्र तथा ऋणपत्र, वाणिज्य बैंककको मुद्धती निक्षेप, नेपाल पुर्वाधार बैकको मुद्धती निक्षेपमा लगानी गर्न पाउँछन् ।
यस्तै, सूचीकृत पब्लिक लिमिटेड कम्पनीको सूरक्षित डिभेन्चरमा, म्यूचुअल फण्ड र नागरिक लगानी कोष लगायतका क्षेत्रमा पनि निर्जीवन बीमा कम्पनीहरुले लगानी गर्न पाउँने व्यवस्था छ ।
निर्जीवन बीमा कम्पनीहरुले केही समय यता लगानीको दायरा बढाएमा बीमा क्षेत्रलाई राम्रो हुने समेत बताउँदै आएका छन् ।
बिमक संघका महासचिव तथा सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले दिएको जानकारी अनुसार बीमा कम्पनीहरुले दीर्घकालिन रुपमा लगानी गर्ने किसिमको दायरा ल्याउँन सके बीमा क्षेत्रलाई थप राम्रो हुनेछ ।
‘इन्स्योरेन्स बन्ड ल्याएर १० वर्षको लागि निर्जीवन बीमा कम्पनीहरुले लगानी गर्न पाएमा त्यो पैसा चलाउनेले पनि ढुक्कसँग सदुपयोग गर्न सक्छ भने बीमा कम्पनीहरुलाई लामो समयसम्म ढुक्क हुन्छ, बीमा कम्पनीहरुले त्यही लगानीलाई आर्जनको आधार बनाउने हो, यस्तो अवस्थामा बैकको व्याजमा हुने घटबढले पनि बीमा कम्पनीहरुलाई असर कम गछ’, सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत क्षेत्रीले विकासन्यूजसँग भने ।
प्रमुख कार्यकारी अधिकृत क्षेत्रीले मुख्यत लगानीको दायराले जीवन बीमा कम्पनीहरु बढी प्रभावित हुने गरेको समेत बताएका छन् ।
जनरल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत एसके टमोटले दिएको जानकारी अनुसार लगानीका दायराका विषयमा विभिन्न क्षेत्र खुल्ला गर्न माग हुने गरेको छ । तर नयाँ बीमा कम्पनीहरुकालागि अहिले रहेको लगानी सम्बन्धि व्यवस्था ठिकै रहेको छ ।
‘तत्काल लगानी सम्बन्धिका व्यवस्थामा हेरफेर गर्नु पर्ने देखिदैन, यो मैले एउटा नयाँ निर्जीवन बीमा कम्पनीको तर्फबाट महशुस गरेको कुरा हो, अब पुराना कम्पनीहरुको पनि यसमा आफ्ना धारणा आवश्यकता हुनसक्छ’, जनरल इन्स्योरेन्स कम्पनीका जनरल म्यानेजर टमोटले भने ।
जनरल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत टमोटले जग्गा किन्न, सेयरमा लगानी गर्न, जलविद्युतमा लगानी गर्न केही माग हुने गरेको बताएका छन् ।