हवाई सेवा कम्पनीहरुले शतप्रतिशत यात्रु राखेर सेवा दिन सक्ने

<p>अब हवाई सेवा कम्पनीहरुले सिछ क्षमता अनुसार यात्रुहरु राखेर सेवा दिन सक्ने भएका छन् । शुक्रबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बसेकाे बैठकले सीटको क्षमता अनुसार नै यात्रु राखेर सेवा दिन पाइने निर्णय गरेको हो । यस अघि सरकारले वायु पसेवा कम्पनीहरुलाई ५० प्रतिशत यात्रु राखेर मात्रै सेवा दिन भनेको थियो । तर, आज [&hellip;]</p>

अब हवाई सेवा कम्पनीहरुले सिछ क्षमता अनुसार यात्रुहरु राखेर सेवा दिन सक्ने भएका छन् ।

शुक्रबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बसेकाे बैठकले सीटको क्षमता अनुसार नै यात्रु राखेर सेवा दिन पाइने निर्णय गरेको हो ।

यस अघि सरकारले वायु पसेवा कम्पनीहरुलाई ५० प्रतिशत यात्रु राखेर मात्रै सेवा दिन भनेको थियो । तर, आज बसेको बैठकले शतप्रतिशत यात्रु राखेर नै सेवा दिन सक्ने निर्णय गरेको हो ।

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सिट क्षमताको ५० प्रतिशत मात्र यात्रु राखेर असोज ५ गतेबाट उडान गर्न अनुमति दिने निर्णय गरेको थयो।

तर निजी हवाई सेवा प्रदायक कम्पनीको छाता संगठन वायुसेवा सञ्चालक संघले ५० प्रतिशत मात्रै यात्रुत्रु राखेर उडान गर्न नसक्ने बताउँदै आएका थिए ।

Share News