काठमाडौं । अब नेपालमा पनि हुन्डाई क्रेटा एसयुभी बीएस–६ मापदण्डको कार खरिद गर्न पाइने भएको छ । नेपालमा हुन्डाईको लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आज भर्चुअल रुपमा सो कार सार्वजनिक गरेको हो ।
हुन्डाईले दशैं तिहार लगायतका चाडपर्वलाई लक्षित गर्दै क्रेटा सार्वजनिक गरेको बताएकाे छ । सात रंगमा उपलब्ध रहेको सो कारको सुरुवाती मूल्य ४३ लाख ९६ हजार रहेको छ भने अन्य फिचरसहितकाे बढीमा ६५ लाख ९६ हजारसम्ममा खरिद गर्न पाइने छ ।
डिजेल र पेट्रोल दुवै इन्जिनमा भएका क्रेटा नेपालमा बीएस ४ (प्रदूषण मापदण्ड)को बिक्री हुँदै आएकोमा अब बीएस ६ को नयाँ गाडी बजारमा उपलब्ध भएको हाे। बीएस ४ मापदण्डमा बढी प्रदूषण उत्सर्जन हुन्छ भने बीएस–६ मा त्योभन्दा धेरै कम प्रदूषण उत्सर्जन हुने कम्पनीले जनाएकाे छ।
४ सिलिन्टर रहेको गाडीमा १६ भल्भ रहेका छन्। गाडीमा डिस र ड्रम ब्रेक सिस्टम रहेको छ। ५० लिटरको फ्युल ट्यांक रहेको छ।
यस्तै, डिजेल इन्जिनको इ–प्लस १३ सय ९६ सीसीको हो भने एसएक्स १५ सय ८२ सीसीको गाडी हो। १.५ पेट्रोल इन्जिनका भेरिएन्ट सबै १५ सय ९१ सीसीका हुन्।