स्वच्छन्द भई आकाशमा उड्न मन लाग्यो 

<p>स्वच्छन्द भई आकाशमा उड्न मन लाग्यो हिमचुलिको काखमा निदाउन मन लाग्यो हृदयदेखी सबैलाई स्वागत गर्न मन लाग्यो शान्त छन गगन अनि, स्वतन्त्र छन् पखेटाहरु शान्तिका दूत बनि, सन्देश छर्न मन लाग्यो हरेकको भित्री मनमा, उत्साह भर्न मन लाग्यो निदाएका छैनन् मेरा यी, सपना अझै देख्दैछु चारैतिर उमङ्ग अनि, सौहार्द हेर्न मन लाग्यो मिलनका गीत सँगै, [&hellip;]</p>

स्वच्छन्द भई आकाशमा उड्न मन लाग्यो

हिमचुलिको काखमा निदाउन मन लाग्यो
हृदयदेखी सबैलाई स्वागत गर्न मन लाग्यो

शान्त छन गगन अनि, स्वतन्त्र छन् पखेटाहरु
शान्तिका दूत बनि, सन्देश छर्न मन लाग्यो
हरेकको भित्री मनमा, उत्साह भर्न मन लाग्यो

निदाएका छैनन् मेरा यी, सपना अझै देख्दैछु
चारैतिर उमङ्ग अनि, सौहार्द हेर्न मन लाग्यो
मिलनका गीत सँगै, बासुरी बजाउन मन लाग्यो

कल्कलाउदा छन् रहर मेरो, प्रीतको धुनमा रम्दै
सङ्गीतको तालमा ताल मिलाई नाच्न मन लाग्यो
हृदयदेखि सबैलाई फेरी स्वागत गर्न मन लाग्यो

अतृप्त छन् चाहना मेरो, अझै मुस्कुराउन पाउँ
जताततै सबैतिर खुशियाली भर्न नि भर्न पाउ
परेवाको पखेटामा, शान्तिको बिउ नि छर्न पाउ

कलिला ती पाइलाहरु, लम्किदैछ देख्दैछु
बुद्धका देशमा, उपदेश होइन मित्रता गर्न आउँदैछु
त्यसैले तँ मुटु खोली हास्न मन लाग्यो

एक्लै होइन एकजुट होउ, बाटो आफै बन्दै जान्छ
पाइला पाइला अघि बढौं कसिङ्गर नि हराउँछ
शान्ति दीप प्रज्बलन गर्न, धेरै मन लाग्यो

हृदयदेखि सबैलाई स्वागत गर्न मन लाग्यो

Share News