आफैं विक्रेता, आफैं नियामक, प्याज बेच्ने कम्पनीको सिइओ बाणिज्य विभागको महानिर्देशक

<p>काठमाडौं । कालोबजारी नियन्त्रण गरी सर्वसाधारणलाई सहुलियत मूल्यमा बस्तु उपलब्ध गराउने नाममा सरकारले सैद्धान्तिक र व्यवहारिक रुपमा नमिल्ने गतिविधि गर्न थालेको छ । भारतले प्याज निर्यातमा प्रतिबन्द लगाएपछि नेपाली बजारमा प्याजको आपूर्ति कम भएको छ । आपूर्ति घटेपछि माग बृद्धि भएर मूल्य बढेको व्यापारीले बताएका छन् । तर, व्यापारीले कालोबजारी गरी प्याज विक्रीमा उपभोक्ता ठगेको [&hellip;]</p>

काठमाडौं । कालोबजारी नियन्त्रण गरी सर्वसाधारणलाई सहुलियत मूल्यमा बस्तु उपलब्ध गराउने नाममा सरकारले सैद्धान्तिक र व्यवहारिक रुपमा नमिल्ने गतिविधि गर्न थालेको छ ।

भारतले प्याज निर्यातमा प्रतिबन्द लगाएपछि नेपाली बजारमा प्याजको आपूर्ति कम भएको छ । आपूर्ति घटेपछि माग बृद्धि भएर मूल्य बढेको व्यापारीले बताएका छन् । तर, व्यापारीले कालोबजारी गरी प्याज विक्रीमा उपभोक्ता ठगेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जानकारी दिएको छ ।

प्याजमा व्यापारीले मनोमानी गरी बढी मूल्य असुल्न थालेपछि सरकारले विभागले बजार अनुगमन बढाएको छ । बजार अनुगमनका क्रममा बढी मूल्य लिएको तथा लुकाएको फेला परेपछि विभागले प्याज जफत गरेको थियो ।

विभागले १ सय ४६ क्वीन्टलभन्दा बढी प्याज बजारबाट जफत गरिसकेको छ । यसरी जफत गरिएको प्याज भने विभागकै महानिर्देशक प्रमुख कार्यकारी अधिकृत (सिइओ) रहेको कम्पनीबाट विक्री गरिएको छ ।

विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदी सरकारको व्यापारिक कम्पनी खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सिइओ छन् । नियामक निकायको जिम्मेवारीमा रहेको विभागका महानिर्देशकले बजार अनुगमनमा टोली खटाएर प्याज जफत गर्न लगाउने र महानिर्देशक नै सिइओ रहेको अर्काे कम्पनीले प्याज विक्री गर्ने गरिएको छ ।

बजारमा अहिले प्याजको मूल्य प्रतिकेजी १ सय ३० रुपैयाँको हाराहारीमा छ । सरकारी कम्पनीले बजारबाट जफत गरेको प्याज प्रतिकेजी ६० रुपैयाँमा विक्री गरिरहेको छ । बजारको भन्दा आधा सस्तोमा पाइने भएपछि प्याज किन्न सर्वसाधारणको लाइन लागेको छ । तर, सरकारकै एउटा कम्पनीले कालोबजारीका नाममा प्याज जफत गर्ने र प्याज जफत गर्ने टोली परिचालन गर्न निकायकै प्रमुखले व्यवस्थापकीय नेतृत्व गरेको अर्काे कम्पनीले प्याज विक्री गर्दा सरकारको नियतमा खोट देखिएको व्यापारीहरु बताउँन थालेका छन् ।

Share News