सुशील चौधरीः देहातको पढाइ, बैंकको जागिर, नम्बर एक बीमा कम्पनीको डिसिइओ

<p>काठमाडौ । नेपाल लाइफ इन्स्योरेन्सका डेपुटी प्रमुख कार्यकारी अधिकृत (डिसीइओ ) हुन् सुशीलकुमार चौधरी । उनीसँग सामान्य स्कूलमा पढेर एउटा राम्रो कम्पनीमा लामो समय काम गरेकोसम्म अनुभव छ । उनीलाई देहात (तराई मधेशको दुर्गम गाउँ) को सामान्य स्कूलमा पढेर पनि ठूलो कम्पनीमा काम गर्न सकिदो रहेछ भन्ने लागिरहन्छ । यो धेरैका लागि प्रेरणा पनि हुन [&hellip;]</p>

काठमाडौ । नेपाल लाइफ इन्स्योरेन्सका डेपुटी प्रमुख कार्यकारी अधिकृत (डिसीइओ ) हुन् सुशीलकुमार चौधरी । उनीसँग सामान्य स्कूलमा पढेर एउटा राम्रो कम्पनीमा लामो समय काम गरेकोसम्म अनुभव छ ।

उनीलाई देहात (तराई मधेशको दुर्गम गाउँ) को सामान्य स्कूलमा पढेर पनि ठूलो कम्पनीमा काम गर्न सकिदो रहेछ भन्ने लागिरहन्छ । यो धेरैका लागि प्रेरणा पनि हुन सक्छ ।

चौधरी बाल्यकालदेखि नै शान्त स्वभावका थिए । आफ्नो बाल्यकालमा अध्ययनशील स्वभाव भएको उनी बताउँछन् । अनुशासित बालकको रुपमा आफू रहेको उनी अहिले सम्झन्छन् ।

बाल्य अवस्था सकिएर जब उनी जागिर खाने चरणमा आइपुगे, तब उनले आर्थिक क्षेत्र नै रोज्न पुगे । जुन आजसम्म निरन्तर छ । राष्ट्रिय वाणिज्य बैकमा उनले पहिला २५ वर्ष काम गरे । त्यसपछि जीवन बीमा क्षेत्रमा प्रवेश गरेका हुन् ।

अहिले उनको उमेर ६६ वर्ष लागि सकेको छ । आगामी दिनमा सादा जीवन बिताएर घरमै बस्ने उनी बताउँछन् ।

‘नेपाल लाइफबाट बाहिरिएपछि अर्काे काम गर्दिन, उमेर छउन्जेल मेहनत गरें, अब आराम गर्न चाहान्छु’, डिसीइओ चौधरीले भने ।

देहातको सामान्य विद्यालयमा पढेको मान्छे नेपालको सबैभन्दा राम्रो बीमा कम्पनीको डिसिइओ र राष्ट्रिय वाणिज्य बैंकमा काम गर्न पाउनु आफ्नो लागि ठूलो विषय भएको भनाइ छ ।

‘म देहातमा पढेको मान्छे हूँ, अध्ययन गरे सामान्य स्कूलमा पढेको मान्छे पनि नेपाल लाइफ जस्तो ठूलो र स्थापित कम्पनीको डिसिइओ बन्न सक्छ भन्ने आफैलाई लागिरहन्छ’, डिसीओ चौधरीले थपे ।

तराईको एउटा ग्रामीण क्षेत्रमा उनको जन्म भएको थियो । सामान्य स्कूलमा उनले अध्ययन गरे । जनकपुर र विराटनगरमा आफूले अध्ययन गरेको उनी बताउँछन् ।

उनको स्थायी घर विराटनगर नै हो । तर पहिले उनको घर सप्तरीको राजविराजमा थियो । हाल उनको बसाई राजधानी काठमाडौंको पेप्सीकोलामा छ ।

अवकाशपछि

रिटार्यड भएपछि उनले नयाँ काम थाल्दैनन् । आगामी दिनका लागि उनले गरेको निर्णय यही हो । किनकि उमेरले अब काम गर्न नदिने उनको बुझाई छ । तर रिटायर्ड जीन्दगीमा पनि सरल जीवन बिताउदै आनन्दले बस्नु पर्ने उनलाई लाग्ने गरेको छ ।

मदिरा आक्कल झुक्कल मात्रै

एक्लै मदिरा पिउने बानी नरहेको उनी बताउँछन् । तर, कसैले अत्यन्तै कर गरेको अवस्थामा भने साथी लाग्ने उनको बाँनी छ ।

उनको जन्म गाउँमै भएपनि पढाईको शिलसिलामा सानैदेखि गाउँदेखि बाहिर बसे । उक्त बेलादेखि नै अनुशासित जीवन जिउँदै आएको उनी सम्झन्छन् ।

आफैलाई मनपर्ने बानी

उनी सानैदेखि अध्यनशील थिए । पहिले–पहिले आफ्नो कामबाट केही फुर्सद मिल्ने वित्तिकै अध्ययनमा समय विताउने गरेको चौधरीले जानकारी दिए ।

अहिले पनि उनलाई पढ्न साह्रै मन लाग्छ । तर, उनका आँखाले अहिले साथ दिदैन । हातमा पुस्तक राख्दा मनमा १० थोक आउँने विद्यार्थीको लागि उनको एकाग्रता एउटा उदाहरण बन्न सक्छ ।

पढाइमा लत भएपछि आँखाले अक्षर देख्न छोड्दा पनि हातले पुस्तक नै समाउन खोज्ने बताएका छन् । मनमा पढौंपढौं लाग्ने गरेको छ उनलाई ।

अध्ययन गर्ने आफ्नो बानी सबैभन्दा धेरै मन पर्छ उनलाई नै ।

हरेक परिस्थितिमा शान्त रहने बानीले उनलाई धेरै ठाउँमा सफलता मिलेको उनको अनुभव छ । उनी आफ्नो विगत र वर्तमानसँग खुसी छन् । आफ्नो उपलब्धीमा सन्तुष्ट छन् । आफूसँग आफै खुसी र सन्तुष्ट हुन सक्नु नै सबैभन्दा धेरै उपलब्धी हो भन्ने उनलाई लाग्छ ।

आफूले जाने र सकेसम्म आजसम्म कुनै केही नराम्रो व्यवहार गरेको याद छैन उनलाई । जे पायो त्यही खाएनन् । जहाँ पायो त्यही गएनन् । कसैको इष्र्या गरेनन् । सोही कारण उनले आफ्नो जीन्दगीमा आनन्द मिलेको उनलाई लाग्छ ।

आज एउटा सफल, राम्रो तथा बीमा क्षेत्रमा लिडिङ गरिरहेको कम्पनीले साथ दिनुमा उनलाई आफ्नो राम्रा बानीले पनि निकै हदसम्म सहयोग गरेको हो भन्ने ठानेका छन् ।

‘आफ्नो काम छ, आफ्नो राम्रो परिवार छ, त्यसमा भगवानको कृपा छ भने असन्तुष्टि लिनु पनि हुँदैन,’ उनी भन्छन् ।

नेपाल लाइफका चुनौति

सुरुवाती दिनमा कुनैपनि कम्पनीहरुले विभिन्न चुनौतिको सामना गरी त्यसलाई अवसरको रुपमा परिणत गर्नुपर्छ । यस्तै, लाइफका पनि विगतमा खास चुनौति थिए नै ।

तर, आज नेपाल लाइफले एउटा उचाई कायम गरिसकेको छ । अहिले नेपाली बीमा बजारमा १९ वटा जीवन बीमा कम्पनीहरु संचालनमा छन् । सो कम्पनीहरुमध्ये नेपाल लाइफले आफ्नो स्थान अहिलेको जस्तै गरी अग्रस्थानमै सुरक्षित राख्नु चुनौतिपूर्ण काम हो ।

नेपाल लाइफसँग बीमित, कर्मचारीहरु सबै खुशी रहेको उनी बताउँछन् ।

राष्ट्रिय वाणिज्य बैंक र पछि नेपाल लाइफमा कामको दौरान उनले नेपालका बढी २ जिल्ला मात्रै पुग्न बाँकी छ ।

उनका बुवा जनस्वास्थ्य क्षेत्रको जागिरे हुनुहुन्थ्यो । बुबा सरकारी काममा भएकाले आफूलाई पढ्न प्रेरणा मिलेको उनी बताउँछन् । आमा गृहिणीको जिम्मेवारीमा रहेर परिवारका सवै सदस्यलाई बाहिर उन्नति र प्रगति गर्न हरदम सघाइरहनु हुन्थ्यो ।

आमा र बाबु दुबैको कारण आफूलाई निरन्तर काम गर्न प्रेरणा समेत मिलेको उनले बताएका छन् । तराईमा १० विघा जनि जग्गा भएकाले खानपिनको लागि खासै समस्या थिएन उनको परिवारलाई ।

दाजु–भाइ ३ जना

उनी ३ दाजु–भाइमा सबैभन्दा जेठो हुन् । माइलो भाइ पनि बीमा क्षेत्रमा नै आवद्ध छन् । आफ्नो माइलो भाइ निर्जीवन बीमा क्षेत्रमा सर्भेयरको रुपमा कार्यरत रहेको उनले बताएका छन् । कान्छो भाइ भने आफ्नै व्यापार व्यवसाय संचालन गर्दै आएका छन् ।

जीवन बीमा किन गर्ने ?

जीवन बीमाको आफ्नै सर्वमान्य सिद्धान्त छ । जीवन बीमा गर्दा एकातर्फ बचत हुन्छ भने अर्को तर्फ जोखिमबाट पनि सुरक्षा हुन्छ ।

अब दुइटै कुरा पाउँन जम्मा एउटा कुरा गर्न आवश्यक हुन्छ । त्यो भनेको थोरै थोरै बीमा शुल्क बुझाएर धेरै लाभ पाउँने हो ।

बैकमा पैसा राख्नु र बीमा गर्नुमा फरक त्यही छ । बीमामा बचत त हुन्छ नै जोखिम पनि कभर हुन्छ ।

नेपाल लाईफका डिसिइओ चौधरी २०५८ सालमा बीमा क्षेत्रमा प्रवेश गरेका हुन् । उनले नेपाल लाइफबाट नै बीमा क्षेत्रमा काम गर्न सुरु गरेका हुन् ।

नेपाल लाइफको म्यानेजरबाट जीवन बीमा क्षेत्रमा प्रवेश गरेका उनी अहिले सोही कम्पनीको डिसिइओ छन् ।

Share News