काठमाडौं । गोदरेज एप्लायन्सले ‘भाइरोसिल्ड’ नामक नयाँ सामाग्री उत्पादन गरी नेपाली बजारमा ल्याएको छ । अहिलेको माहामारीको विषम परिस्थितिलाई मध्यनजर गर्दै गोदरेजले उक्त भाइरोसिल्ड उत्पादन गरेको हो ।
यस भाइरोसिल्डले २ देखि ६ मिनेटमा कोभिड भाइरसलाई डिसइन्फेक्ट गर्ने क्षमता राख्छ । भाइरोसिल्डमा विभिन्न वस्तु जस्तै खाद्यान्न, फलफुल, डेरी प्रोडक्ट, प्याकेज गरिएको खानेकुरा, मास्क, पञ्जा, थर्मोमिटर, बच्चाका खेलौना, उपहार(साना), मोबाइल, ट्याबलेट, वालेट, पर्स, गोल्ड अर्नामेन्टस्, घडी, चस्मा, चाबी, जुत्ता, किताब, स्टेस्टनरी, डकुमेन्टसलाई डिसइन्फेक्ट गर्छ ।
उक्त भाइरोसिल्ड ३० लिटरको क्यापासिटीमा नेपाली बजारमा पाईन्छ । यसलाई आईसीएमआर (इन्डियन काउन्सील अफ मेडिकल रिसर्च) ले पनि सर्टिफाईड गरेको छ ।
गोदरेज ब्रान्डको अधिकारिक बिक्रेता, चौधरी गुर्प अन्तर्गत सीजी ईओएल रहेको छ ।