काठमाडौं । मिस यूनिभर्स नेपाल(मुन) एप लञ्च भएको छ । ब्रेभ, बोल्ड एण्ड ब्यूटिफूल प्रा.लि. का फाउण्डर र २०१७ को मिस यूनिभर्स नग्मा श्रेष्ठले गत असोज २२ गते उक्त एप लञ्च गरेका हुन् ।
यस मिस यूनिभर्सका विजेताले १० लाख रुपैयाँ नगद उपहार प्राप्त गर्ने छन् जुन नेपाली सौदर्य प्रतियोगिताहरु मध्यकै सर्वाधिक धन राशि रहको नग्मा श्रेष्ठले बताइन् ।
यस मुन २०२० एप्लाई एन्ड्रोइडको गुगल प्ले स्टोर तथा एप्पल आइ ओ एस दुवैमा लन्च गरिएको छ । सहभागी हुने पहिलो २० प्रतियोगीहरुको लागि निःशुल्क रजिष्ट्रेसन रहेको छ र पछिल्लो ५ हजार रुपैयाँ प्रतियोगीहरुका १ हजार रुपैयाँ तथा देश बाहिर रहेका नेपालीहरुको लागि ५० डलर रजिष्ट्रेसन शुल्क निर्धारण गरिएको छ ।
यस प्रतियोगिताका लागि आवेदन तथा दर्ताको घोषणा ए.पि. वान एच् डि मा प्रत्यक्ष प्रसारित कार्यक्रम ‘द नग्म्याटिक शो’ मार्फत गरिएको थियो । उक्त कार्यक्रममा अथितिको उपस्थितिका साथै मिस यूनिभर्स नेपाल २०२० का एम्बेसेडरहरुले प्रदान गरेको योगदानहरुलाई प्रस्तुत गरिएको थियो ।
नेपालमा आयोजित सौन्दर्य प्रतियोगिताहरुमा यस प्रतियोगिताले सबैको समावेशीका लागि नयाँ उदाहरण बन्नुका साथै यसले यस क्षेत्रमा नयाँ परिवर्तन समेत ल्याउने छ । अविश्वस्नीय यस प्रतियोगिताले आकर्षक धन राशिका साथै विश्वमै समावेशी प्रतियोगिताको मशाल बोक्दै अघि बढ्ने अठोट लिएको छ ।
सामूहिक विविधताको उदाहरणको रुपमा स्थापित यस प्रतियोगितामा लैङ्गिक विविधता मात्र नभई तौल, उचाइ तथा अन्य शारीरिक बनोटमा विविधता भएका प्रतियोगीहरुको समेत सहभागिता रहनेछ ।
नग्मा श्रेष्ठ भन्छिन्, “ पेजेन्ट्री केही मानिसहरूका लागि विशेषाधिकारमा मात्र सीमित हुनु हुँदैन, बरु यो धैरे व्यक्तिहरुका लागि अवसर हुनुपर्दछ ।”
नेपालमा आयोजित सबै सौन्दर्य प्रतियोगितामा विविधता ल्याउने उद्देश्य लिएको यस प्रतियोगिताको विजेता मतदानबाट छनौट गरिनेछ ।