एसबिआई बैंकको ब्रान्चलेस बैंकिङ्ग आउटलेट गैडाकोटमा

<p>काठमाडौं । नेपाल एसबिआई बैंकले गैडाकोट स्थित ब्रान्चलेस बैंकिङ्ग आउटलेटको उद्घाटन गरेको छ । बैंकले भर्च्यअल माध्यमबाट उक्त आउटलेटको उद्घाटन गरेको हो । भारतीय राजदूताबासका डिफेन्स अट्याची कर्णेल अवनीश चाम्बियाल तथा नेपाल एसबिआई बैंकका प्रबन्ध निर्लेशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देले संयुक्त रुपमा उद्घाटन गरेको हुन् । उक्त समारोहमा बैंकका प्रमुख सञ्चालन अधिकृत [&hellip;]</p>

काठमाडौं । नेपाल एसबिआई बैंकले गैडाकोट स्थित ब्रान्चलेस बैंकिङ्ग आउटलेटको उद्घाटन गरेको छ । बैंकले भर्च्यअल माध्यमबाट उक्त आउटलेटको उद्घाटन गरेको हो ।

भारतीय राजदूताबासका डिफेन्स अट्याची कर्णेल अवनीश चाम्बियाल तथा नेपाल एसबिआई बैंकका प्रबन्ध निर्लेशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देले संयुक्त रुपमा उद्घाटन गरेको हुन् ।

उक्त समारोहमा बैंकका प्रमुख सञ्चालन अधिकृत तथा नायव प्रमुख कार्यकारी अधिकृत शुभकान्त कानुनगो, प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम, प्रमुख संचालन अधिकृत (डेजिग्नेट) आदभेन्द्र कात तथा प्रमुख व्यवसाय प्रबर्धन अधिकृत छपि राज पन्तका साथै भारतीय राजदूतावासका सहायक मिलिटरी अट्याची मेजर पंकज सिंहको उपस्थिति रहेको थियो ।

Share News