शुक्रबार सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

<p>काठमाडौं । शुक्रबार सुनको मूल्य प्रतितोला २ सय रूपैयाँले घटेको छ । बिहीबार प्रतितोला ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार घटेर प्रतितोला ९४ हजार ५ सय रूपैयाँमा झरेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तेजावी सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । उता चाँदीको मूल्य भने स्थिर रहेको [&hellip;]</p>

काठमाडौं । शुक्रबार सुनको मूल्य प्रतितोला २ सय रूपैयाँले घटेको छ । बिहीबार प्रतितोला ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार घटेर प्रतितोला ९४ हजार ५ सय रूपैयाँमा झरेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तेजावी सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

उता चाँदीको मूल्य भने स्थिर रहेको छ । बिहीबार प्रतितोला एक हजार १८० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ ।

Share News