अधिकतम मूल्यमा भयो सानिमा जनरल इन्स्योरेन्सको पहिलो कारोबार, खरिद बिक्रीको अर्डर शून्य

<p>काठमाडौं । दोश्रो बजारमा सानिमा जनरल इन्स्योरेन्स कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ३११ रुपैयाँमा भएको छ । जुन नेप्सेले तोकेको मूल्यको अधिकतम मूल्य हो । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि प्रतिकित्ता न्युनतम १०३.७३ रुपैयाँदेखि अधिकतम ३११.१९ रुपैयाँ तोकेको थियो । बुधबार नेप्सेको स्पेसल प्रिओपन सेसन (बिहान १०ः३० देखि १०ः४५) मा कम्पनीको पहिलो कारोबार भएको हो । [&hellip;]</p>

काठमाडौं । दोश्रो बजारमा सानिमा जनरल इन्स्योरेन्स कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ३११ रुपैयाँमा भएको छ । जुन नेप्सेले तोकेको मूल्यको अधिकतम मूल्य हो ।

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि प्रतिकित्ता न्युनतम १०३.७३ रुपैयाँदेखि अधिकतम ३११.१९ रुपैयाँ तोकेको थियो ।

बुधबार नेप्सेको स्पेसल प्रिओपन सेसन (बिहान १०ः३० देखि १०ः४५) मा कम्पनीको पहिलो कारोबार भएको हो । साे अवधिमा कम्पनीकाे २० कित्ता सेयर प्रतिकित्ता ३११ रूपैयाँकाे दरमा काराेबार भएकाे छ ।

त्यसपछिकाे बजारमा कम्पनीकाे सेयर मूल्य १२ रूपैयाँले बढेर बढेर प्रतिकित्ता ३२३ रूपैयाँ पुगेकाे छ । जुन प्रतिशतकाे आधारमा ३.८६ प्रतिशतले बढी हाे ।

याे समाचार तयार पार्दासम्म कम्पनीकाे सेयर किनबेचकाे लागि कसैले पनि अर्डर गरेका छैनन् ।

कम्पनीको सेयर गत मंगलबार(कार्तिक १८ गते) नेप्सेमा सूचीकृत भएको थियो । कम्पनीको अंकित मूल्य एक सय रुपैयाँ कायम भएको एक करोड कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको हो ।

Share News