विश्वको सबैभन्दा ठूलो अनलाइन सेल दिवस कार्तिक २६ गते, यस्ता छन् छुटका अफरहरू

<p>काठमाण्डौं । देशको अग्रणी अनलाइन बजार, दराजले &#8220;लाइभ अनौन्स्मेण्ट&#8221; कार्यक्रम मार्फत  दराज ११ ११ को तेस्रो संस्करण नोभेम्बर ११ अर्थात कार्तिक २६ सफल बनाउन पुरै तयार रहेको जनाएकाे छ । यस वर्षको ११ ११ सेलमा ग्राहकहरुले विशेष छुट पाउनुका साथ् ८ लाख बराबरको टिभीएस अपाचे आरआर ३१० जित्ने मौका पनि पाउनेछन्। ग्राहकहरुले नाबिल बैंक, सनिमा बैंक, [&hellip;]</p>

काठमाण्डौं । देशको अग्रणी अनलाइन बजार, दराजले “लाइभ अनौन्स्मेण्ट” कार्यक्रम मार्फत  दराज ११ ११ को तेस्रो संस्करण नोभेम्बर ११ अर्थात कार्तिक २६ सफल बनाउन पुरै तयार रहेको जनाएकाे छ ।

यस वर्षको ११ ११ सेलमा ग्राहकहरुले विशेष छुट पाउनुका साथ् ८ लाख बराबरको टिभीएस अपाचे आरआर ३१० जित्ने मौका पनि पाउनेछन्। ग्राहकहरुले नाबिल बैंक, सनिमा बैंक, एनआईसी एशिया बैंक, ग्लोबल आईएमई बैंक, एनएमबी बैंक, मेगा बैंक, नेपाल बंगलादेश बैंक, कुमारी बैंक, लक्ष्मी बैंक, सेन्चुरी बैंक र हिमालयन बैंक को डेबिट वा क्रेडिट कार्ड प्रयोग गरि अनलाइन भुक्तानीमा २०प्रतिशत (अधिकतम रु ३०००), सम्मको छुट पाउनुहुनेछन। त्यस्तै गरी, ग्राहकहरूले दराजमा इसेवा वालेट मार्फत भुक्तानी गर्दा छुट पनि पाउनेछन।

११.११ मा ग्राहकहरुले विशेष लन्चका रुपमा सामसंग ग्यालेक्सी एसट्वेन्टी एफइ विश्वको सर्वश्रेष्ठ मूल्य रु ६९,९९९ मा पाउनेछन। त्यस्तै गरी एलजी, एमआई, फिटबिट, सोनी, भ्यांस, वल्पुल, टाइटन, कोलम्बिया, मिचा, गोल्डस्टार, जुआस, होम ग्लोरी, आमाइरा, फेशन हाउस, न्यु ब्यालेन्स, टिभियस जस्ता ब्रान्ड हरुमा पनि ६० प्रतिशतसम्म छुट पाउनेछन। साथै प्रीमियम प्रायोजक कोकाकोलाले पनि ११.११ को अवसरमा विशेष अफरहरू घोषणा गर्ने छ। दराजले ग्राहकहरुलाई ११.११ मा लाइभ भिडियोहरू, फ्ल्यास सेल, बन्डल अफर, निशुल्क वितरण, सोशल मिडियामा प्रतियोगिता, अनलाइन लुडो टूर्नामेन्ट, अर्ली बर्ड अफर, एनसेल मोबाइल रिचार्ज छुट, र वन रुपी गेम र मिशन ११.११ जस्ता गेम मार्फत पुरस्कार जित्ने धेरै अवसरहरू पनि प्रदान गर्दै छ।

११.११ सम्बन्धी मिडिया र ग्राहकहरूको केही प्रश्नहरूको जवाफ दिन दराजले प्रत्यक्ष प्रेस कार्यक्रम आयोजना गरेको हो। उक्त कार्यक्रमका होस्ट प्रसिद्ध मिडिया व्यक्तित्व सूरज सिंह ठकुरी थिए भने मुख्य वक्ताहरु दराजका प्रबन्ध निर्देशक, लिनो अलरिंग, डेक्स प्रमुख, सन्तोष बिष्ट, र मुख्य ग्राहक अधिकारी, सम्झना सुवेदी थिए। वक्ता सन्तोष विष्ट र सम्झना सुवेदीले कम्पनीको सब भन्दा महत्वपूर्ण पक्षहरु ग्राहक सेवा र संचालन ले यस एक दिनको सेललाई सफल बनाउन  गरिरहेको तयारी बारे बोले।

हामीले ११.११ को लागि ७०० भन्दा बढी डेलिभरी कर्मचारीहरू थपेका छौं। साथै ६ अन्य लजिस्टिक साझेदारहरूसँग काम गर्दै हाम्रो क्षमता,  पूर्वाधार र प्रविधिमा उल्लेखनीय सुधार भएको छ। महामारी को बखत, ग्राहक र स्टाफको सुरक्षा निश्चित गर्न हाम्रा डेलिभरी कर्मचारीहरूको स्वस्थ को निरन्तर जांच गरिरहेको छौँ र ग्राहक लाइ सबै भन्दा राम्रो ग्राहक अनुभव दिलाउन तालिम पनि निरन्तर दिइरहेका छौं” सन्तोष विष्टले भने।

२०१८ मा अलीबाबाले दराजलाई अलिबबा ग्रुप अन्तर्गत समावेश गरेको थिए जस पछि दराजले नेपालमा ११ ११ आयोजना गर्यो। ११.११ मा ठूलो संख्यामा प्रयोगकर्ताहरु हुने भएको सबै भन्दा राम्रो डिल हात पार्न दराजले ग्राहकहरुलाई आफ्नो बैंक कार्ड अनलाइन पेमेन्ट को लागि सक्रिय छ कि छैन सुनिश्चित गरि भउचर तथा सीमित अफरहरू नछुटाउन उनीहरूको मनपर्ने वस्तुहरू कार्टमा अहिले नै हाल्न सुझाव  दिएकाे छ ।

Share News