काठमाडौं । मंगलबार एनएलजी इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोजन भएको छ । इन्स्योरेन्सको ७ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको हो ।
समायोजन पछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६६५.४२ रुपैयाँ रहेको छ । यसअघि इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता ७१२ रुपैयाँ रहेको थियो ।